प्रदेश-५ का अञ्चल अस्पताललाई प्रादेशिक बनाइँदै

प्रदेश-५ का अञ्चल अस्पताललाई  प्रादेशिक बनाइँदै

तुलसीपुर :  प्रदेश-५ अन्तर्गत रहेका साविकका अञ्चल अस्पताललाई अब प्रादेशिक अस्पतालको रुपमा विकास गरिने भएको छ।अञ्चल र जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन हुने निति बनेपछि साविकका अञ्चल तीनवटा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न लागिएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले राप्ती, भेरी र लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न छलफल समेत थालेको छ।

प्रदेशभित्र तीनवटा अञ्चल अस्पताल रहेका छन्। ती सबै अस्पताललाई विषयगत प्रादेशिक अस्पतालका रुपमा मन्त्रालयले विकास गर्ने सोच गराएको छ, स्वास्थ्य सेवा महाशाखाका गणेश भट्टराईले भने, 'अहिले हामी त्यहि तयारीमा सरोकारवालाको सुझाव संकलन गरिरहेका छौं।'

 प्रदेशले पायक पर्ने स्थानमा नयाँ प्रादेशिक अस्पताल खोल्ने गरी सम्भाव्यता अध्ययन गर्न बजेट समेत विनियोजन गरेको भए पनि त्यसलाई रोकेर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल सरहको सेवा सुविधा दिँदै प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने योजना बनाइएको भट्टराईले बताए।

उनले तीनवटै अञ्चल अस्पतालमा सेवालाई विषयगत गरी विशिष्टिकरण गरेर स्वास्थ्य हवको रुपमा विकास गरिने बताए। अहिले अञ्चलको सेवा, जनशक्ति, पूर्वाधार, उपकरणको अवस्था बुझिरहेका छौं, उनले भने, 'यसको यथार्थ रिपोटिङ आएमा पहिले आवश्यकता पूरा गरेपछि प्रादेशिक अस्पतालको सेवामा लैजाने छौं।'

विषयगत कुन सेवा कहाँबाट दिन सकिन्छ, अहिले त्यो खोजिरहेका छौं, उनले भने, 'हाम्रो उदेश्य सेवालाई विशिष्टीकरण गर्ने हो।' यो नीतिसँगै आउँदो आर्थिक वर्षदेखि प्रदेशभित्रका अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने छ। यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले रकम समेत विनियोजन गरिसकेको महाशाखाले जनाएको छ।

यसैबीच राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने योजनासहित जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरेको छ। अस्पताल प्रशासन, व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, जिल्ला जन स्वास्थ्य, नागरिक समाज, स्थानीय सरोकारवालासँग महाशाखाले तुलसीपुरमा सोमबार अन्तरक्रिया गरेर सुझाब लिएको छ।
 
कार्यक्रममा सहभागीले अञ्चल अस्पतालमा तोकेको सेवा सुविधा अहिले पनि नागरिकले नपाएको भन्दै पहिले सबै सेवा दिने जनशक्ति र वातावरण बनाएर मात्रै स्तर वृद्धि गरिनुपर्ने बताएका थिए। 

६ नं‍. प्रदेशको आधा क्षेत्रमा समेत राप्ती अञ्चल अस्पतालले सेवा दिनसक्ने भएकाले यसलाई प्रादेशिक अस्पतालका रुपमा सबै सेवा दिने गरी विकास गर्न आग्रह गरेका थियौं। अञ्चल अस्पतालमा मेसु डा. विनोद सिंहले आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए।

उनले दरबन्दीअनुसारको विशेषज्ञसहितको जनशक्ति र पूर्वाधार भएमा अहिलेको सेवाभन्दा विशिष्ट सेवा दिन अस्पताल तयार रहेको बताए। प्रादेशिक अस्पतालको उदेश्यमाथि प्रकाश पार्दै महाशाखाका ओमपी न्यौपानेले एक टोलीले भेरी र राप्ती अञ्चल अस्पतालमा अन्तरक्रिया गरिसकेको बताए।अन्तक्रियाबाट आएका सुझाव र सल्लाहलाई मन्त्रालयमा बुझाइसके पछि थप प्रक्रिया अघि बढने जानकारी दिए।  


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.