अाफूबाट छोरा नजन्मिएको र श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या

अाफूबाट छोरा नजन्मिएको र श्रीमानले अर्को विहे नगरेको भन्दै आत्महत्या

बाग्लुङ : आफूबाट छोरा नजन्मिएपछि श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले आत्हत्या गरेकी छिन् । पटकपटक श्रीमानलाई दोस्रो विवाह गर्न उक्साउने गरेपनि श्रीमान्ले दोस्रो विवाह नगरेको भन्दै आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।

बडीगाड गाउँपालिका –९, निवासी डिल बहादुर मल्लकी ४३ वर्षीय श्रीमती गीता मल्लले गएराति झुण्डिएर आत्माहत्या गरेकी हुन् । श्रीमान्लाई सुताएर टिभी हेर्न गएकी मल्ल झुण्डिएको आफ्ना श्रीमान्ले तीन बजेमात्र थाहा पाए ।  लगत्तै सबैजना जम्मा भएर ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए । 

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को विवाह गर्न अनुरोध गरेकी छिन् ।  आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि बुबालाई अर्को विवाह गर्न सहयोग गर्न सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.