पूर्वाधार व्यवस्थापनमा सरकारकाे ढिलासुस्ती

पूर्वाधार व्यवस्थापनमा सरकारकाे ढिलासुस्ती

बुटवल : भौतिक पूर्वाधार व्यवस्थापनमा ढलाई हुदा प्रदेश नम्बर ५ का मन्त्रालयको कार्यसम्पादनमा कठिन भएको छ । सरकार बनेको आधा वर्ष वित्न लाग्दा समेत आवश्यक पूर्वाधारहरु व्यवस्थापन गरिएको छैन । स्थायी मुकाम नतोकिए पनि केही वर्ष सरकारल चलाउनका लागि अस्थायी मुकाममै पूर्वाधार आवश्यक हुन्छ ।

सरकार तथा प्रदेश सभाको पूर्वाधार निकै कमजोर रहेको छ । जसका कारण संसदीय समितिहरुले बैठक बस्न पाएका छैनन भने मन्त्रालयका कर्मचारीहरु एउटै कोठामा कोचिएर बस्नु परेको छ ।

प्रदेश सभाले तत्कालै पूर्वाधार व्यवस्थापन गरिने जनाएको छ । सभामुख पूर्णबहादुर घर्तीले स्थायी राजधानी तोकिएर पूर्वाधार निर्माणका लागि कम्तिमा एक÷दुई वर्ष लाग्ने भएकाले अस्थाायी संरचना निर्माण थालिएको बताए । ‘एक÷दुई वर्षका लागि अस्थायी भए पनि पूर्वाधार बनाउनुपर्छ, उनले भने,–‘हालकै प्रदेशसभा आसपासमा समिति र दलका कार्यालयहरु बनाउदैछौं ।’

प्रदेश सभा रहेको बुटवल उद्योग वाणिज्य संघको भवनमा कर्मचारीहरुको कार्यकक्ष बने पनि अन्य संरचना तयार छैनन् । प्रदेश सभालाई पाच वटा राजनीतिक दलको कार्यालय, छ वटा संसदीय समितिका कार्यालय, पुस्तकालय, सञ्चार कक्ष, निजी सचिव कार्यकक्ष, सुरक्षा ब्यारेक, चमेना गृह निमार्ण आवश्यक छ ।

सरकारका लागि अझै बढी संरचना आवश्यक भए पनि व्यवस्थापन गर्न सकेको छैन । बजेट कार्यान्वयनका लागि समेत महाशाखा, डिभिजन लगायतका विभाग बनाउनुपर्ने हुन्छ । तर ती व्यवस्थापनमा निकै सुस्तता देखिएको छ । मन्त्रालयमा कर्मचारीको दरबन्दी बृद्धि भएपछि कर्मचारी बस्ने स्थान समेत जुटाउन मन्त्रालयलाई हम्मे परेको आर्थिक मामिला तथा योजना मन्न्त्रालयका सचिव थानेश्वर गौतमले बताए । आर्थिक मामिलामा १८ जनाको दरबन्दी बढेर ४७ पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय छ वटा मन्त्रालयका लागि पूर्वाधार आवश्यक छ । बसपार्कको सपिङ कम्प्लेक्समा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा, स्वास्थ्य जस्ता ठूलो क्षेत्र ओगटेका बिषयगत कार्यालय राख्न भवन अभाव भएको छ । कृषि मन्त्रालय अन्तर्गत सहकारी, भूमि र कृषिका अलग अलग विभाग बनाउनुपर्ने भएकाले यसका लागी पनि अहिलेको भवन अपुग छ ।

पूर्वाधार व्यवस्थापनका लागि यसअघि बनेको पूर्वाधार व्यवस्थापन समितिको सुझावलाई सरकारले लत्याउदा समस्था देखिएको हो । भौतिक पूर्वाधार मन्त्रालयले सांसद भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति बनाएको थियो । सो समितिले हालको सडक विभाग परिसरलाई मिनि सिंहदरबारका रुपमा विकास गर्ने सुझाव दिएको थियो । त्यहा रहेका कार्यालय समेत सर्नका लागि तयार भएका थिए ।

‘सरकारले पूर्वाधार व्यवस्थापनका लागि दिइएको सुझाव अनुसार काम गर्न ढिलाई गरेको छ, श्रेष्ठले भने । समितिले बुटवलको सडक डिभिजन कार्यालय भित्र रहेको १७ विगाहा क्षेत्रफलभित्र सबै मन्त्रालयहरु व्यवस्थापन गर्ने गरि प्रस्ताविक योजना सरकारलाई बुझाएको थियो । मन्त्रालय, कार्यालय, महाशाखा, शाखा तथा आवास गरी ४७ वटा भवनको सोधखोज गरेर सरकारलाई समितिले प्रतिवेदन बुझाएको श्रेष्ठले बताए । त्यसका लागि सडक विभाग परिसर, बिटिआईको पूर्वाधारलाई कार्यालय र आवासका रुपमा प्रयोग गर्न समितिको सुझाव थियो ।

सरकारले भने पूर्वाधारका काम अघि बढिरहेको बताउदै आएको छ । भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पूराना भवन तत्काल मर्मत सम्भार गरेर कार्यालय व्यवस्थापन गरिने बताए । ‘अर्काे वर्षसम्म सबैपूर्वाधारहरु यहा बन्छन, उनले भने–‘स्थायी मुकाम समेत यही बन्ने सम्भावना भएकाले पूर्वाधारको कमी हुनेछैन ।’

सरकारले स्थायी राजधानी र नामाकरणको प्रक्रिया समेत शुरु नगरेकाले पूर्वाधार व्यवस्थापनमा अन्योल भएको हो । पूर्वाधार व्यवस्थापनमा जति ढिलाई भयो, सरकारको काम त्यती कमजोर हुदै जाने मन्त्रालयका सचिवहरु बताउछन् ।

प्रदेश पाँचमा थपिएका कर्मचारी सबै हाजिर भए बस्ने कुर्ची राख्ने स्थान पनि नहुने उनीहरुको भनाई छ । मन्त्रालयहरुमा रहेको १ सय ३८ दरबन्दी संख्या बढेर अहिले ३ सय ७८ पुगेको निमित्त प्रमुख सचिव भरतमणि रिजालले बताए । अहिले करिव ५० प्रतिशत कर्मचारी मात्रै हाजिर भएका छन् ।

तस्विर ः पाँच नम्बर प्रदेश सभाको बैठक स्थल र सचिवालय ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.