पहिरोले रुदी हाइड्रोमा क्षति, विद्युत उत्पादन मिति लम्बियो

पहिरोले रुदी हाइड्रोमा क्षति, विद्युत उत्पादन मिति लम्बियो

बेसीशहरः लगातार परेको बर्षाले लमजुङ र कास्की सीमामा बग्ने रुदी खोलामा निर्माणधिन ८ दशमलव ८ मेगावाटको जलविद्युत आयोजनामा क्षति पु¥याएको छ । क्ष्ाित भएपछि काममा अवरोध पुर्याएको छ ।

बर्षासँगैको बाढी पहिरोले आयोजनाको निर्माण भइसकेका संरचना र सडकमा क्षति पु¥याएको हो । लगातारको बर्षा र पहिरोका कारण चालु आर्थिक बर्षमै सक्ने भनिएको आयोजना २ महिना ढिला हुने भएको छ । 

आयोजनाका डिपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार आयोजनाको परीक्षण उत्पादन भदौ अन्तिममा हुनेछ । ‘दु्रत गतिमा काम भैरहेको थियो बैशाखदेखि भएको बर्षा र त्यसपछिको पहिरोले अबरोध ग¥यो’, भट्टराईले भने, ‘असारमा काम नसकिने भयो । अब भदौसम्म पुग्छ ।’

भट्टराईका अनुसार पहिरोले पेनस्टक पाइप कुच्चाएको छ । सो ठाउँमा पेनस्टक फेर्नुको साथै दोहो¥याएर काम गर्नुपर्ने उनले बताए । यस्तै सर्ज पाइपमा पहिरोले गर्दा एंकर ब्लकको ढलान हुन सकेको छैन । 

पहिरोले सडक अवरुद्ध बनाउँदा आवश्यक निर्माण सामाग्री ढुवानीमा समेत समस्या परेको उनले बताए । ‘बर्षा र बाढीपहिरोले आयोजनाको निर्माण कार्य राम्रोसंग अघि बढ्न सकेको छैन । बन्द नै नभएपनि अवरोध भइरहेको छ’ भट्टराईले भने ।

डेपुटी म्यानेजर भट्टराईकाअनुसार आयोजनाको काम लगभग सकिसकेको छ । पावरहाउसको काम सकिसकेको छ ।  इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्बाइन र जेनेरेटरको जडान कार्य सकिएको छ । 

हेडवक्र्स अन्तर्गत सिभिलको काम सकिएको छ । हेडरेस पाइप जडानको काम सकिएको छ । ट्रान्समीसन लाइनको काम सकिएको छ । हाइड्रोमेकालिकलतर्फ गेट राख्ने काम भइरहेको उनले बताए । 

पेनस्टकमा २ वटा एंकर ब्लक ढलानको काम बाँकी छ । सर्ज पाइपमा २ वटा एंकर ब्लक ढलानको काम बर्षाका काराण प्रभावित भएको उनले बताए । ‘अबको ४५ दिनभित्र सबै काम सक्ने योजनामा छौँ । भदौ अन्तिममा परीक्षण उत्पादन पछि केन्द्रिय प्रसारण लाइनमा बिजुली जोडिनेछ’ उनले भने ।

प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि निर्माण गरिरहेको सो आयोजनामा सानिमा बैंकको नेतृत्वमा अन्य बैंकले ७० प्रतिशत लगानी रहेका छन् । प्रवद्र्धकको ३० प्रतिशत लगानी रहनेछ । 

लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका ८ सिङदीबेसीमा बाँध निर्माण गरिएको सो आयोजनामा ६ किलोमीटर लामो पेनस्टक पाइपमार्फत पानी ल्याएर मादी–९ बालुवाबोसीमा निर्माण गरिएको पावरहाउसबाट विद्युत् निकालिनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.