नाै इरिट्रियालीलार्इ बोस्निया हर्जगोभिनाले नेपाल फिर्ता पठायो

नाै इरिट्रियालीलार्इ बोस्निया हर्जगोभिनाले नेपाल फिर्ता पठायो

 काठमाडौं : नेपाललाई ट्रान्जिट बनाएर पूर्वी टिमोरको नक्कली राहदानीमा युरोप प्रवेश गर्न खोज्ने ९ जना इरिट्रियाली पक्राउ गरी बोस्निया हर्जगोभिनाले काठमाडौं फर्काइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले असार ६ गते इरिट्रियालीको नक्कली राहदानीमा आगमन (अराइभल) अनुमति दिएका थिए । केही दिन काठमाडौं बसेपछि असार १८ गते त्यही नक्कली राहदानीमा उनीहरूले त्रिवि अध्यागमनबाट प्रस्थान अनुमति लिएका थिए । काठमाडौंबाट उडेका उनीहरूलाई बोस्निया हर्जगोभिनाले असार २१ मा फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।

काठमाडौं बसाइमा ती इरिट्रियालीहरू कहाँ गए र के के गरे त्यसको कुनै सूचना तथा जानकारी कुनै पनि सरकारी निकायसँग छैन । अध्यागमनको हिरासतमा रहेका उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । नेपाल आएका १० जनामध्ये जोन हेवेटाबाहेक अरु सबै बोस्निया हर्जगोभिना छिर्ने प्रयासमा थिए । हेवेटा मानवतस्करसँग सेटिङ गर्ने व्यक्ति हुन् । हेवेटाको सेटिङमा नेपाल हुँदै बोस्निया हर्जगोभिना छिर्ने र त्यहाँबाट अनुकूलताअनुसार युरोपेली देश जाने उनीहरूको तयारी थियो । हेवेटा र अध्यागमन कर्मचारीबीच कनेक्सन भए÷नभएको पनि अनुसन्धान हुने स्रोतले बताएको छ ।

इरिट्रियालीहरूसँगै नेपाल आएका हेवेटा बोस्निया हर्जगोभिना गएनन् । हेवेटाले इरिट्रियालीहरूलाई कतारबाटै बोस्निया हर्जगोभिनाको अध्यागमन पार गराउने सेटिङ मिलाएका थिए । नक्कली राहदानीवाहक सबै इरिट्रियालीलाई तत्काल पक्राउ गरी बोस्निया हर्जगोभिनाको अध्यागमनले इन्ट्री रिफ्युज गर्‍यो । पूर्वी टिमोरका नागरिकले त्यहाँ अन अराइभल भिसा पाउँछन् ।

अध्यागमनका कर्मचारीले नक्कली राहदानीवाहकहरूलाई आगमन र प्रस्थान अनुमति दिएकोबारे खोजीको विषय बनेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख कमलराज ढकालले अत्यावश्यक प्रविधिको कमीले नक्कली राहदानीवाहकहरू उम्कने गरेको दाबी गरे । ‘हामीसँग उपलब्ध प्रविधि र अनुभवका आधारमा राहदानी परीक्षण गर्दै आएका छौं’, उनले भने, ‘सकेसम्म गलत प्रवृत्तिका मानिस यहाँ प्रवेश नगरुन् भन्ने हाम्रो उद्देश्य हो ।’

त्रिवि अध्यागमनमा भएका पासपोर्ट रिडेबल मेसिन (पीआरएम) र यूभी लाइट प्रभावकारी छैनन् । यूभी लाइटबाट बायोपेजका सामान्य सेक्युरिटीसम्बन्धी फिचर हेर्न सकिने भए पनि सक्कली र नक्कली छुट्याउन सकिँदैन । अध्यागमन कर्मचारीले नक्कली राहदानी पत्ता लगाउन नसकेको हो वा सेटिङ गरेको हो अनुसन्धान भइरहेको स्रोतले बताएको छ । नक्कली राहदानीवाहकलाई प्रस्थान र आगमन अनुमति दिने कर्मचारीमाथि अनुसन्धान गर्नु पर्ने प्रश्न उठेपछि गृह मन्त्रालयले छानबिन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.