जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
गुलरिया : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका वार्ड नम्वर ३ बेलवा निवासी ३५ बर्षिय गंगाराम थारुलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत बर्दियाले गत माघ १४ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा थारुलाई ५ बर्ष कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । शुक्रवार पक्राउ गरिएका उनलाई जिल्ला अदालतमा पेश गरी उसैदिन जिल्ला कारागार बर्दिया चलान गरिएको उपरीक्षक खड्काले जानकारी दिए ।