बलिउडका रेकर्ड तोड्दै 'सन्जु', १५ दिनमै साढे ५ अर्ब कमायो

बलिउडका रेकर्ड तोड्दै 'सन्जु', १५ दिनमै साढे ५ अर्ब कमायो

मुम्बर्इ : बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित राजकुमार हिरानीको फिल्म 'सन्जु' ले १५ दिनमै साढे ५ अर्ब भारतीय रूपैयाँ कमाउन सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले शनिवार ट्वीटमा बताए अनुसार 'सन्जु' को शुक्रवारसम्म वर्ल्डवाइड बक्स अफिस कलेक्सन ५ अर्ब ४३ करोड रूपैयाँ रहेको छ । 

यसलार्इ निर्माण गर्न एक अर्ब भारतीय रूपैयाँ लगानी गरिएको थियो । रणबीर कपुरको मूख्य भूमिका रहेको यो फिल्म २९ जुनमा रिलिज भएको थियो । यसले दोस्रो हप्तासम्म बलिउडका अनगिन्ती रेकर्ड तोड्दै तीब्र गतिमा कमाइ गर्न सफल भएको हो । 

यसले सन् २०१८ मा बलिउडबाट सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड पनि राख्न सफल भएको छ । सञ्जय लीला भन्सालीको विवादित फिल्म 'पद्मावत' ले भारतमा २५ दिनमा २ अर्ब ६२ करोड ६३ लाख रूपैयाँ कमाइ गरेको थियो । यस क्रममा उसको वर्ल्डवाइड कलेक्सन ४ अर्ब ९९ करोड भारतीय रूपैयाँ थियो । 'सन्जु' ले ५ अर्ब को आँकडा केबल १५ दिनमै तोडिदियो  

सन्जु' ले भारतमा पहिलो हप्ता २००.५१ करोड रूपैयाँ कमाएको थियो । दोस्रो हप्तामा ९२.६७ करोड रूपैयाँ कमाएको थियो । यस अनुसार यो फिल्मको कुल कमाइ २९५.१८ करोड रूपैयाँ भएको छ । यो फिल्मले जुलार्इको तेस्रो हप्ता सजिलै ३ सय करोड रूपैयाँ पार गर्ने बताइएको छ ।

रणबीरको सबैभन्दा हिट फिल्म भएको छ सन्जु । कमाइ अनुसार यो फिल्म रणबीरको पहिलो सबैभन्दा सफल फिल्म भएको छ। यसभन्दा अघि उनको 'ये जवानी है दीवानी' (२०१३) को लाइफटाइम कलेक्सन ११२.१४ करोड र 'ऐ दिल है मुश्किल' (२०१६) को कलेक्सन ११२.१४ करोड थियो । बर्फीले जम्मा १०६.११ करोड रूपैयाँ कमाएको थियो । 

'सन्जु' का कारण जुलाईको शुरुवाती दुर्इ साता बलिउडमा कुनै ठुला फिल्म रिलिज भएनन् । ६ जुलाईमा हलिउडको मेगाबजेट फिल्म ‘एन्ट म्यान एन्ड द भ्यास्प’ रिलिज हुने थियो तर उसको पनि डेट सारियो । यस फिल्मलार्इ १३ जुलार्इमा ‘सुर्मा’सँगै रिलिज गरिएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.