लागूऔषध सहित झापाबाट युवक पक्राउ
बिर्तामोड : झापाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका खोटाङ हलेसी गाउँपालिका ८ बस्ने २१ वर्षिय राजु केसीलाई शनिबार साँझ लागूऔषध सहित पक्राउ गरेको हो।
उनको साथबाट प्रहरील डाईजेपाम ४६ एम्पुल, लुपिजेसिक ४६ एम्पुल, फेनारगन ४५ एम्पुल, नाईट्रोजन ट्याब्लेट १० पिस, गाँजा १० ग्राम बरामद छ।
केसीलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
५