लोप हुँदै घैया खेती

लोप हुँदै घैया खेती

 सिन्धुली ः सिँचाइ सुविधा नपुगेको पाखोबारीमा लगाइने छरुवा धान ‘घैया’ लोप हुँदै गएको छ। स्थानीयको आकर्षण घट्दा घैया लोप हुने अवस्थामा पुगेको हो। जिल्लामा झन्डै तीन सय हेक्टर पाखोबारी तथ खेतमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारण जिल्लाबाटै लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको हो।

जिल्लाको अधिकांश क्षेत्रमा गरिने यो प्रविधिको धानखेतीमा मेहनत धेरै र उत्पादन कम हुँदा हिजोआज लोप हुने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज बिष्टको भनाइ छ।

‘घैयाप्रति कृषकको आकर्षण घट्दै जाँदा सिन्धुलीलगायत देशैभर लोप हुने अवस्थामा पुगेको छ’, उनले भने। आकाशेपानीको भरमा यस्तो धान खेती गर्नु पर्ने भएकाले मौसम अनुकूल नहुने र मलखादको पनि राम्रो व्यवस्था नभएकाले धान उत्पादनमा बर्सेनि गिरावट आउँदै गरेको घैया लोप हुने अवस्थामा पुगेको बिष्टको भनाइ छ।

विगत आधा दशकयता लामो समयसम्म परेको खडेरीले आकाशेपानीको भरमा गरिने यस्तो धान खेती हिजोआज गर्नै छाडिएको छ। यसले धानको जात नै लोप हुँदै गएको उनी दाबी गर्छन्।

जिल्लामा स्थानीय असली घैयाको जात नै लोप भइसकेको र नयाँ प्रकारको विकासे जातको घैयाको छिट्फुट मात्रमा खेती हुँदै आएको छ। जिल्लामा घैया १, घैया २, मकावनपुर, हर्दिनाथलगायत छरुवा जातको विकासे धान असिञ्चित क्षेत्रमा छरुवा प्रविधिबाट खेती गर्ने प्रचलन थियो। तर, अहिले प्राय गरेर त्यस्तो धानको उत्पादनमा कमी आउँदै गएकाले लगाउनै छाडिसकेको कृषक बताउँछन्।


जिल्लामा झन्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारण जिल्लाबाटै लोप हुँदै गएको छ।

सिञ्चित जमिनको तुलनामा धानको उत्पादन ३० देखि ४० प्रतिशतसम्म उत्पादनमा कमी आउने गरेको विष्टले जानकारी दिए। जिल्लामा १४ हजार ८ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा उपलब्ध छ। घैयाको खेती गरिने केही पाखोबारी तथा खेतमा पछिल्लो समय सिँचाइ सुविधाको विस्तार गरिएको र समयमा पानी नपर्ने कारण बाँकी क्षेत्रमा यस्तो धानको खेती नै गर्न छाडेकाले धानको उत्पादनमा कमी आउँदा लोप हुँदै जान लागेको अनुमान गरिएको छ। घैया धान उत्पादनमा कमी आएसँगै वार्षिक रूपमा उत्पादन हुने खाद्यान्नमासमेत कमी आउन थालेको कृषि विज्ञको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.