समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं : समाजवादी मोर्चाको बैठक सुरू भएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मोर्चाको बैठक जारी छ। बैठकमा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महेन्द्रराय यादवलगायत शीर्ष नेताहरूको उपस्थिति छ। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।
समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ। समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा जसपा नेपालविभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै मोर्चामा निष्क्रिय बनेका थिए। समाजवादी मोर्चामा रहेपनि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने समाजवादी कार्यक्रम तय नगरी समाजवादी मोर्चा बनाउनु गलत भएको भन्दै विरोध गर्दै आएका छन्।
खनालले पार्टीको स्थायी कमिटी बैठकमा पेस गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’शीर्षकको प्रस्तावमा पनि मोर्चाको विरोध गरेका थिए। उनले नाममात्रको समाजवादी मोर्चा बनाउनुको साटो सबै प्रतिपक्ष गोलबन्द बनाएर लैजानुपर्ने र वाम एकताको खाँका तयार गर्नुपर्ने धारणा राख्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
