दुई लाख ८० हजार घुससहित जिशिअ पराजुली पक्राउ
कपिलबस्तु: साविक जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेकाछन् । शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन् ।
पराजुलीले शिक्षक संग सरुवाका लागि घुस मागे पछि अख्तियारमा जानकारी गराइएको थियो । त्यही अनुसार टोली तौलिहवा आएको थियो । पराजुलीले घुस लिएसँगै छापा हानेर उक्त रकम सहित पक्राउ गरिएको हो ।
यस घटनाको पुष्टि गर्दै अख्तियारका एसपी दिनेश आचार्यले पराजुली पक्राउ परेको र उनलाई कानुनत कारवाही हुने जानकारी दिए । कुन शिक्षकवाट रकम लिदै गर्दा पक्राउ गरिएको हो प्रष्ट जानकारी दिइएको छैन । तर अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका एसपी आचार्यको भनाइले पुष्टि गरेकोछ ।