वडाध्यक्षले कर्मचारीलाई दिए मार्ने धम्की

वडाध्यक्षले कर्मचारीलाई दिए मार्ने धम्की

सुर्खेतः जुम्लाको चन्दननाथ नगरपालिका ५ नम्बर वडाका वडाध्यक्ष अर्जन कठायत (गोल्डेन)ले एक कर्मचारीको कार्यकक्षमै पुगेर ज्यान मार्ने धम्की दिएका छन् । आफुले भनेको व्यक्तिलाई जागिर नदिएको भन्दै सोमबार सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीको कार्यकक्षमै पुगेका कठायतले अपशब्द बोल्दै जहाँ गएपनि नछोड्ने धम्की दिएका हुन् । 

पीडित अधिकारीले वडाध्यक्षले अपशब्ध प्रयोग गरी आमा गाली दिएको र परिआएमा ज्यान मार्नेसम्मको धम्की दिएको बताए । आफुले पारिवारिक विवाद सल्टाएर आउन पटक–पटक आग्रह गरेपनि आफुले भनेको व्यक्तिले जागिर पाउनुपर्ने अध्यक्ष कठायतले ढिपी गरेको अधिकारीको भनाइ छ । 

उनका अनुसार गतवर्ष साउन २२ गते कर्णाली राजमार्गको बिहानी खोलामा सडक डिभिजनको जेसीबी मेशिन दुर्घटना भएको थियो । दुर्घटनामा मेशिनका अपरेटर र सोही सडक खण्डमा कार्यरत लेन्थ वर्कर विष्णुबहादुर शाहीको घटना स्थलमै मृत्यु भएको थियो । 

‘शाहीको मृत्युपछि उनका छोराले सोही स्थानमा आफुला जागिर लगाइदिनको लागि पटक पटक कार्यालयमा आए’ अधिकारीले भने, ‘तर हामीले उनको परिवारका विषयमा बुझ्दा मृतक शाहीकी दुई श्रीमति, चार छोरा र तीन छोरी रहेछन्, मृतकको स्थानमा कसले काम गर्ने भन्ने विषयमा पारिवारिक सहमति गराउन आग्रह गरेका थियौं ।’ 

सोमबार मध्यान्ह १२ बजेतिर कलमले आफ्नो जागिरका लागि भनिदिन वडाध्यक्ष अर्जुन कठायत र साथमा एउटा अर्को युवकलाई ल्याएर सडक कार्यालयमा पुगे । कार्यालयमा पुगेका अध्यक्षले कलमलाई जागिर लगाउन अनुरोध गरेको तर आफुले पारिवारिक सहमति माग गरेपछि एक्कासी अपशब्दसहित गालीगलौजमा उत्रिएको प्रमुख अधिकारीको भनाइ छ । 

‘कलमका लागि साथमा आएका अर्का व्यक्तिलाई अध्यक्षले निवेदन लेख म बेहोरा भन्छु भन्नुभयो, तर विषय के लेख्यौं भनेर मलाई नै सोध्नुभयो’ अधिकारीले थपे, ‘मैले तपाइहरुको बेहोरा के हो त्यही लेख्नुहोस भने, त्यसपछि अध्यक्षले मलाई गालीबेइजत्ती गर्ने ज्यान मार्नेसहितको धम्की दिनुभयो । कार्यालयमा रहे कार्यालयमै, कालिकोट, मुगु जहाँ गएपनि त्यही गएर ठिक पार्छु, भन्दै दुईजना अरु केटाहरुलाई पनि बोलाउनुभयो,  म डराएर स्टाफहरुलाई बोलाउन पुगेँ ।’ 

अधिकारीले समयमै वरीपरीका कर्मचारीहरु आफ्नो कार्यकक्षमा नछिरेको भए हातपात नै गर्ने वातावरण बनेको गुनासो गरे । उनले जीउधनको सुरक्षा माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन् । 

कर्मचारीलाई सहयोग गर्नुपर्ने जनप्रतिनिधिले कार्यालयमा पसी धम्की दिनुले सुरक्षित भएर काम गर्न सकिने अवस्था नरहेको उनको गुनासो छ । यता वडाध्यक्ष कठायतले एक वर्षसम्म जनताको काम नगरेपनि हाकिमलाई सचेत गराउँदा सामान्य विवाद भएको बताए । उनले विवादमा भनाभन भएपनि आरोप लागेअनुसारको रेकर्ड देखाउन चुनौती दिए । ‘विवाद भएकै हो, ठिक पार्ने भए त कार्यालयमा नै ठिक पारिहाल्थे नी । उहाँले भनेजस्तो मैले धम्क्याएको रेकर्ड हुनुपर्‍यो, नत्र उहाँको भ्रम हुनसक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.