कागजमा काम, गोजीमा रकम: इन्जिनियरको मूल्यांकनमा कमिशन

कागजमा काम, गोजीमा रकम: इन्जिनियरको मूल्यांकनमा कमिशन

लहान : आर्थिक वर्ष २०७४/०७५ सक्दा पनि सिरहाको नवराजपुर गाउँपालिकाले उपभोक्ता समितिलाई भुक्तानी दिने कार्य जारी राखेका छन्। सुरक्षाकर्मी परिचालन गरेर चेक बाँड्ने काम गरेको हो। कार्यालयमा अधिकृतको अनुमति बेगर कसैलाई प्रवेश समेत गर्न दिएका छैनन्।

आर्थिक वर्षको अन्तिम दिन सोमबार रातभर उपभोक्तालाई चेक बाँड्यो। गाउँपालिका प्रमुख विश्वमोहन यादव र कार्यकारी अधिकृत ललन यादवले आफ्नो पक्कडका उपभोक्तालाई भुक्तानीका लागि चेक मात्र दिन लागेपछि सोमबार राति करिब १० बजे वडा १ का अध्यक्ष रामऔतार यादवले विरोध गरे। त्यसपछि केहिबेर कामकाज अवरुद्ध भएको थियो। राति १२ बजेपछि पुनः चेक बाँड्ने काम भयो।

आर्थिक वर्ष २०७५÷०७६ को पहिलो दिन सोमबार कागजात मिलाएर केही उपभोक्तालाई चेक बाँडेको एक वडाध्यक्षले बताए। भने, ‘इन्जिनियर राजीव भन्ने राजाराम यादवले रातिमा गएर दुई योजनाको नापजोख गरे। तर, अहिलेसम्म एउटै योजनाको भुक्तानी दिएका छैन।’ उनले यहाँ कार्यपालिकामा कांग्रेसको बहुमत रहेकाले ति पार्टीबाट निर्वाचित वडाका उपभोक्तालाई मात्र रातारात चेक बाँडेको आरोप लगाए।

गाउँपालिका प्रमुख यादवले मंगलबार कागजात मिलाउने काम भएपनि चेक कसैलाई नदिएको बताए। भने, ‘म बाहिर छु। आज चेक बाँडेको हो कि होइन् म कन्फर्म छैन। एक पटक अधिकृतसँग सम्पर्क गर्नुहोस्।’ अधिकृत ललन यादवले भुक्तानी दिने काम भइरहेको स्वीकारे। अधिकांश उपभोक्ता समितिले भुक्तानी नपाएको गुनासो गररेको छ नी भन्ने प्रश्नमा उनले भने, ‘भुक्तानी सबैले पाउँछ। त्यो मेरो काम हो।’

कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले अधिकांश स्थानीय तहले सोमबार नै हरहिसाब बुझाए पनि नवराजपुरले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नबुझाएको जानकारी दिए। भने, ‘आर्थिक वर्ष २०७४÷०७५ सकेर बिहानपल्ट अनिवार्य रुपमा हरहिसाब बुझाउनुपर्ने थियो। तर, नवराजपुरले नबुझाएर गल्ती गरेको छ।’ उनले हरहिसाब नबुझाएपछि अझै ब्याक डेटमा चेक काटिरहेको शंका गर्ने ठाउँ छ, उनले थपे।

कसैलाई काखा, कसैलाई पाखा
विकासे निर्माण कार्यको आफ्नो नजिकका उपभोक्ता समितिलाई इन्जिनियर यादवले बढी मुल्यांकन गरेर भुक्तानी दिएको खुलेको छ। कतिपय उपभोक्ताले विकास निर्माणमा खर्चेको रकमको ५० प्रतिशत मूल्यांकन समेत नगरेको गुनासो गरेका छन्। 

नवराजपुर वडा नम्बर १ (साविक भगवतीपुर तामासुइया गाविस १ देखि ९ वडा)मा सडक मर्मत माटो तथा ग्राभेल कार्यका लागि कुल १५ लाख बजेट छुट्याएको थियो। काम गर्न स्थानीय जयनाथ यादव उपभोक्ता समिति अध्यक्ष बने। उनले ति काममा करिब ११ लाख खर्चिए। तर, मूल्यांकन भने ८ लाख २५ हजार २ सय ५५ रुपैयाँको मात्र गरेको समिति अध्यक्ष यादवले गुनासो गरे। उनले इन्जिनियर यादवले कमिशन मागेको र नदिएपछि मूल्यांकन घटाएको आरोप लगाए। 

समिति अध्यक्ष यादवले भने, ‘प्रमुख र अधिकृतले काम वास्तवमा बढी भएको तर इन्जिनियरले आफूहरुको कुरा समेत नमानेपछि के गर्ने भनेर जवाफ दिएका छन्।’ थोरै मूल्यांकन गरे पनि मंगलबार साँझसम्म चेक नपाएको तर अधिकृत यादवले काम भइसकेको भनेर भन्ने गरेको उनले थपे।

यता, कांग्रेसले जितेको वडा २, ४ र ५ का अधिकांश योजना अधुरै रहेपनि छुट्याएको बजेटको ७० देखि ९५ प्रतिशतसम्म भुक्तानी दिएको छ। वडा नम्बर ४ मा मन्दिर मर्मतका लागि साढे ४ लाखको बजेट रहेकोमा मात्र ४ हजार घटाएर भुक्तानी दिएको गाउँपालिकाकै एक कर्मचारीले नाम उल्लेख गरिदिने सर्तमा बताए। ति कर्मचारीले भने, ‘तर मन्दिर मर्मतको काम भएकै छैन।’ उनले इन्जिनियर यादवले कमिशन खाएर मूल्यांकन गर्ने गरेको आरोप समेत लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.