तीन वर्षदेखि पुल अलपत्र : ठेकेदार सम्पर्कविहीन

तीन वर्षदेखि पुल अलपत्र : ठेकेदार सम्पर्कविहीन

परासी : पश्चिम नवलपरासीको नारायणी नदी पारी रहेको सुस्ता गाउँ जोड्ने झोलुंगे पुल निर्माण कार्य तीन वर्षदेखि अलपत्र छ। ठेक्का सम्झौतालगत्तै निर्माण कम्पनीले एक महिनासम्म काम गरेको थियो। सो अवधिमा पुलको तल्लो भागको फाउन्डेसन मात्र निर्माण गरिए पनि त्यसपश्चात् निर्माण व्यवसायी एक्कासि सम्पर्कमा नआएपछि पुल निर्माण कार्य अलपत्र परेको हो। एक महिनासम्म काममा लगाइएका मजदुरहरूको समेत ज्याला नदिएर व्यवसायी एकाएक सम्पर्कविहीन भएको हो।

सुस्ता गाउँपालिका पक्लिहवादेखि नारायणी नदीमाथि निर्माण गर्न लागिएको पुलको लागत २० करोड ८९ लाख छ। ०७६ भदौ २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी त्रिशूली आ श्रय जेभी कम्पनीले ०७२ असोज २६ गते सम्झौता गरेको थियो। सम्झौतापछि केही फलामे छड, पुरानो जेनेटर र क्रेन ल्याएर काम सुरु गरेका कम्पनीका निर्माण व्यवसायी श्याम तामाङ एक महिनापछि एक्कासि सम्पर्कविहीन भएका हुन्। त्यसपछि पुलको निर्माण कार्य अहिलेसम्म सुरु हुन सकेको छैन।

भारतद्वारा पटकपटक अतिक्रमणको चपेटामा पर्दै आएको सुस्ता क्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या भएपछि नवलपरासीबाट निर्वाचित तत्कालीन संविधानसभा सभासद् देवकरण जयसवालको पहलमा पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो। पुल नहुँदा सुस्तावासीहरूलाई आफ्नै देशमा पुग्न दुई घण्टा डुंगा चढेर आउनुपर्ने बाध्यता छ। अरू समय डुंगाबाट आवतजावत गरे पनि वर्षायाममा सुस्ताबासी दैनिक उपभोग्य सामग्री खरिददेखि स्वास्थ्य उपचारको कामका लागि भारतको वाल्मिकीनगरस्थित भेडियारी बजार जाने गर्छन्। उक्त पुलको लम्बाइ १५७१ मिटर र चौडाइ १.६ मिटर छ। पुलको निर्माण कार्य सम्पन्न भए सम्भवतः नेपालकै लामो पुल हुनेछ। नेपालकै लामो पुल मानिएको कञ्चनपुरको महाकाली नदीको दोधारा–चाँदनी पुलको लम्बाइ १४५२.९६ मिटर छ।


पुल नहुँदा सुस्तावासीहरूलाई आफ्नै देशमा पुग्न दुई घण्टा डुंगा चढेर आउनुपर्ने बाध्यता छ।

सरकारले ठूला योजना समयमा सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने जनाए पनि सुस्ता पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई भने अहिलेसम्म सम्पर्कमा ल्याएर काम सुचारु गराउन नसकेको स्थानीयले बताएका छन्। स्थानीय प्रशासनले समेत सम्पर्कविहीन भएका निर्माण व्यवसायीलाई खोजेर काम सुरु गराउन सकेको छैन। काम अलपत्र पारेर फरार रहेका व्यवसायीलाई पक्राउ गरेर ल्याउन पटक पटक जिल्ला प्रशासनलाई आग्रह गरे पनि वास्ता नगरिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। मजदुरको ज्यालासमेत नदिएर फरार रहेका व्यवसायीले राखेका थोत्रा सामग्रीलाई स्थानीय प्रहरीचौकीलाई रेखदेख गर्न जिम्मेवारी दिएको पाण्डेले बताए। उनले फरार रहेका व्यवसायीलाई तत्काल पक्राउ गरी काम सुरु गर्न वा नयाँ प्रक्रियाबाट पुल निर्माणको काम अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पटकपटक सम्पर्क गर्न खोज्दासमेत निर्माण व्यवसायीको पत्तो नलागेको बताए। ‘निर्माण व्यवसायीले सुरक्षाका कारण काम गर्न नसकेको भन्दै मन्त्रालयमा निवदेन दिएका रहेछन्, हामीलाई मन्त्रालयमार्फत जानकारी भयो।’ प्रजिअ लामिछानेले भने, ‘निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूतिसहित काम सुचारु गर्ने व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिले निर्णय गरिसकेको छ, तर व्यवसायी सम्पर्कमा छैनन्।’ उनले भने। निर्धक्क भएर अलपत्र भएको कामलाई सुचारु गर्न प्रजिअ लामिछानेले व्यवसायीलाई आग्रह गरे। निर्माण व्यवसायी तामाङ भने अझसम्म सम्पर्कमा आएका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.