राजेन्द्र महतोको घरमा प्रेसर कुकर बम

राजेन्द्र महतोको घरमा प्रेसर कुकर बम

सर्लाही: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको पुर्ख्यौली घर परिसरमा अज्ञान समूहले कुकर बम राखिदिएको छ । महतोको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगञ्जस्थित पुख्र्यौली घरमा बुधबार राति अज्ञात समूहले राखेको बम बालबालिकाले खेलाउँदै गर्दा भेटिएको हो । 

घर छेउमा पातले छोपेर राखिएको बमलाई बालबालिकाले खेलाउँदै बाहिर निकालेपछि स्थानीयले देखेका थिए । मोबाइलको सिग्नलबाट विस्फोट गराउने गरी राखिएको बम देखेपछि स्थानीयबीच भागाभाग भएको थियो । 

महतोको यो पुख्र्यौली घरमा उनका दाजु चन्द्रनगर गाउँपालिकाकै अध्यक्ष महेन्द्र महतो बस्दै आएका छन् । उनका छोरा उपेन्द्र महतो सलार्ही १ क बाट प्रदेश सभा सांसद रहेका छन् । 

कुकरको तारमाथिबाट निकालेर मोइबाल फोनमा जोडेको अवस्थामा बम फेला परेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको टोली पनि डिस्पोजका लागि आउँदै गरेको स्थानीयले बताएका छन् । 

बम राखिएकोबारेमा गाउँपालिकाका अध्यक्षसमेत रहेका महेन्द्र महतोले आफ्नो नेतृत्वमा गाउँमा विकास तीब्र गतिमा अघि बढेपछि बाधा अड्चन् खडा गर्न ज्यान लिने उद्धेश्यले बम राखिएको दाबी गरे । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.