प्रधानाध्यापकमाथि ठगी आरोप

प्रधानाध्यापकमाथि ठगी आरोप

 सिरहा : लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरस्थित रामा महन्थी यादव जनता माविका निवर्तमान प्रधानाध्यापकले स्थानीय व्यापारीसँग १० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ ।

विद्यालयको जग्गामा व्यापारिक प्रयोजनका लागि बनाइएको सटर भाडामा दिने क्रममा पूर्वप्रधानाध्यापकले ठगी गरेको आरोप स्थानीय व्यापारीले लगाएका हुन् । आक्रोशित स्थानीय व्यापारीले विद्यालयको सटरमा तालाबन्दी गर्नुका साथै प्रहरीमा उजुरी दिएका छन् । विद्यालय भवनसँगै पश्चिमतर्फ बनाइएका १३ वटा सटरमा स्थानीय व्यापारीले तालाबन्दी गरेका हुन् ।

प्रधानाध्यापक कासेन्द्रप्रसाद यादव र सेवानिवृत्त प्रधानाध्यापक मोहम्मद सनाउल्ला खाँले सटर भाडामा दिने भन्दै नौ व्यापारीबाट १० लाख २० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ । तत्कालीन प्रधानाध्यापक खाँ नौ जनाबाट ७५ देखि २ लाख ४० हजार रुपैयाँसम्म उठाएर सटरै नदिई हिँडेको व्यापारी लहौटी साफीले बताए । खाँ फागुन १ गतेदेखि स्वेच्छिक अवकाशमा गएको शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले जनाएको छ ।

व्यापारी शिवजी गुप्ताले फागुन २४ गते २ लाख र त्यसको केही दिनमा थप ४० हजार रुपैयाँ खाँलाई बुझाए पनि रसिद भने २ लाखको मात्र दिएको गुनासो गरे । सीतापुरका व्यापारी योगेन्द्र साहले खाँलाई माघ २५ गते १ लाख ५ हजार रुपैयाँ बुझाए पनि रसिद नपाएको सुनाए । खाँले १० लाख २० हजार रुपैयाँ उठाएको पीडितको दाबी छ । उनले मोहितनारायण साहसँग १ लाख, सुरेशकुमार गुप्ता, सुरैतलाल साह, प्रदीप पासवान, रामउदगार रामसँग ७५÷७५ हजार, लहौटी साफीसँग २ लाख रुपैयाँ उठाएको जनाइएको छ ।

उनले एक जनासँग पैसा लिएर बढीमा अर्कैलाई सटर दिएको पीडित व्यापारीले बताए । व्यापारी रामउद्गार रामका अनुसार खाँले पुनः जनही १ लाख रुपैयाँ लिएर गंगियादेवी राय, मोहम्मद साविर, मोहम्मद मजाहिर, रामदेव दास, शरणदेव ठाकुर, श्रीदेव यादव, धनिकलाल यादव, राजकुमार यादवलाई सटर भाडामा दिएका छन् । त्यस्तै, जनही २ लाख रुपैयाँ लिएर नथुनी साह, फियाज राइन, अमित गुप्ता, शिवचरण यादवलाई पनि सटर भाडामा दिएको पीडित व्यापारी बताउँछन् ।

रकम फिर्ता माग्दा ‘मलाई थाहा छैन’ भन्दै धम्क्याउने गरेकाले उनीसहित प्रधानाध्यापक कासेन्द्रप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरुजनाथ यादवसहित सदस्यविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ठगीको उजुरी हालेको जनाइएको छ । खाँले भने विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नै रकम संकलन गरिएको र आफूले विद्यालय छाड्ने बेला सबै बरबुझारथ गरिसकेको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.