हलिउड स्टारका रहस्यमय मृत्यु

हलिउड स्टारका रहस्यमय मृत्यु

मृत्यु जीवनको अन्तिम सत्य हो। कसको मृत्यु कहाँ, कसरी हुन्छ भन्ने कसैले भन्न सक्दैन। कला क्षेत्रमा लागेका व्यक्तिहरूको जीवन जति व्यस्त हुन्छ, उनीहरूमध्ये प्रायःको मृत्यु पनि त्यति नै रहस्यमय हुने गरेको पाइन्छ।फिल्ममा मार्सल आर्टस्का कला प्रदर्शन गर्दै आएका कलाकार एवं खेलाडी ब्रुस ली टाउको दुखाइबाट पीडित थिए। यसको औषधि सेवन गर्दा औषधिको रियाक्सनले उनको मृत्यु भएको थियो।

विश्वभर पप गीतका राजा भनेर चिनिने गायक माइकल ज्याक्सनको श्वासप्रश्वास नलीमा देखिएको समस्याका कारण मृत्यु भएको थियो। उनले सेवन गरेको औषधिको ओभरडोजका कारण मृत्यु भएको प्रमाणित भएपछि उनलाई उपचार गर्ने चिकित्सक कोनरड मुर्रेको लापरबाही भन्दै उनलाई चार वर्षको जेल सजाय भएको थियो।

सुपरम्यानको फिल्म विशेषगरी बालबालिकामाझ लोकप्रिय मानिन्छ। फिल्ममा सुपरम्यान बनेर अभिनय गर्ने कलाकार जर्ज रिभेजको मृत्यु पनि रहस्यमय नै रह्यो। लामो समयसम्म तनावसँग जुध्नाले उनको मृत्यु भएको रिपोर्टमा जनाइएको थियो।

बेलायती गायिका यमी वाइनहाउस लन्डनको क्यामडेनस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेकी थिइन्। मेडिकल रिपोर्टअनुसार उनको मृत्यु अत्यधिक मात्रामा रक्सी सेवनले भएको पाइयो। यद्यपि उनको परिवारले भने उनले धेरै पहिलेदेखि नै रक्सी पिउन छाडिसकेको बताएको थियो।

नायिका ब्रिट्नी मर्फीको मृत्यु हृदयाघातका कारण भएको थियो। तर, उनलाई भएको हृदयाघात एनिमिया र निमोनियाका कारण भएको रिपोर्टमा उल्लेख छ। उनको मृत्युको पाँच महिनापछि सोही रोगका कारण उनका पतिको पनि मृत्यु भएको थियो।

माइक टाइसन र ब्रुस सेल्डन बीचको झगडामा सामेल भएर गाडीमा गुडिरहेको अवस्थामा र्‍यापर टुप्याक साकुरको हत्या भएको थियो। उनीजस्तै अर्का र्‍यापर नोटोरियस बीआईजीको कारमा पनि अर्को कारले हान्दा उनको छातीमा समेत चार पटकसम्म चोट लागेको पाइयो। उनका प्रतिद्वन्द्वीका रूपमा मानिने र्‍यापर टुप्याकसँग उनको मृत्यु सम्बन्धित रहेको अनुमान लगाइएको छ।

फिल्म ‘द क्रो’को छायांकनका क्रममा नायक माइकल मास्सीले हानेको गोलीले ब्रान्डन लीको मृत्यु भएको थियो। ८० को दशकका टिनेज स्टार कोरे हइमको मृत्यु निमोनियाबाट भएको घोषणा गरिएको छ। संगीतकार जेफ बकलेको मेम्फिसमा रहेको एक खोलामा पौडी खेल्ने क्रममा हराएर मृत्यु भएको थियो। आफ्नो अन्तिम फिल्मको छायांकनका क्रममा बैंककको एक होटेलमा मृत अवस्थामा भेटिएका थिए, नायक डेभिड काराडाइन। रकका राजाका रूपमा परिचित एल्भिस प्रेस्लीको मृत्यु कब्जियतबाट भएको खुलासा भएको छ।

‘द डोर्स’ नामक ब्यान्डका भोकलिस्ट जिम मोरिसन आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए। हृदयाघातका कारण उनको मृत्यु भएको फरेन्सिक रिपोर्टले प्रस्ट्याएको थियो। द बिटल्सका गायक जोन लेननलाई पनि उनका प्रशंसक मध्येका एक मार्क च्यापम्यानले उनकै अपार्टमेन्टमा आएर होली हानी हत्या गरेका थिए।  एजेन्सीकाे सहयाेगमा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.