कर्मचारी भन्छन्-'मेयरले मलार्इ कुटे', मेयर भन्छन्-'दलित भएकाले मलाई हेपे'

कर्मचारी भन्छन्-'मेयरले मलार्इ कुटे', मेयर भन्छन्-'दलित भएकाले मलाई हेपे'

सिरहा : मेयरले भने अनुसार भुक्तानीका लागि बिल भरपाई तयार गर्न नमानेपछि सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानमाथि आफ्नै कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिलबिना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको नमान्दा जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहीवार बेलुका कुटपिट गरेको बताइएको छ । 

चार दिनअघि काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसीबी मेसिनको भुक्तानीका लागि बिल भर्पाइ मिलाउन मेयरपासवानले दबाब दिएपछि आफूले भ्याट बिलबिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले दाबी गरे। 

 ‘सामान आइसकेको छ, डिलरले भ्याट बिल पठाइहाल्छ, भ्याट बिल आएपछि निकासाको लागि प्रकृया अगाडि बढाउँला भन्दाभन्दै मेयरले निकासको लागि कागजपत्र मिलाउन दबाब दिए’-यादवले भने, उनका अनुसार प्रशासकीय प्रमुख रमेशकुमार दास र मेयरपासवानसँगै आएर केही हुँदैन मिलाउनुस् भनेर दबाब दिएका थिए। नमानेपछि मेयरले हातपात गरेको र आफूले पनि प्रतिरोध गरेको यादवले बताए । 

पीडित यादवले आफूले आफूमाथि भएको कुटपिट र दुर्व्यवहारका विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रमुख समन्वय समितिका अध्यक्षलाई जानकारी गराएको बताए । 
 
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कर्मचारीले आफूमाथि कुटपिट गरेको सूचना प्राप्त भएको बताएका छन् । घटना बारे विस्तृत बुझनका लागि सम्बन्धित कर्मचारीलाई कार्यालयमा बोलाएको प्रजिअ पण्डितले जानकारी दिएका छन् । 
 जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले मौखिक जानकारी पाएको र यस विषयमा राम्रोसँग बुझ्न नपाएको भन्दै घटनाबारे बुझेपछि मात्र के गर्ने भन्ने विषमा छलफल गरिने बताए ।

मेयरपासवानले भने आफूले कर्मचारीलाई कुटपिट नगरेको दाबी गरेकाछन् । सेवाग्राहीलाई असार मसान्तमा अनावश्यक झन्झट नदिनलाई कर्मचारीलाई सम्झाएको थिएँ कर्मचारीले कुटपिटको आरोप लगाए ।’उनले भने  

आफूलाई असफल गराउन बाहिर र भित्रका व्यक्तिहरु लागिपरेकोपासवानको आरोप छ  । आफू दलित भएका कारण दलितले नेतृत्व गरेको नपचाउने व्यक्तिहरुले आफूमाथि पटक–पटक षडयन्त्र  रचिदैँ आएको उनको दाबी छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.