डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं : अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो १२ बजेदेखि सुरु भएको प्रदर्शनमा पूवप्रभानमन्त्री बाबुराम भट्टरार्इ, नागरिक समाजका अगुवा श्याम कृष्ण पहाडी, श्याम श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्रौला लयगायत व्यक्तित्वहरू उपस्थित भएका छन्र ।
त्यसैगरी प्रदर्शनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नेपाली कांग्रेस, नयाँ शक्ति र विबेकशील साझाका नेता कार्यकर्ता, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायत सयौं सहभागी छन् । अभिनेत्री मनिषा कोइरालासहित थुप्रै कलाकार सहभागी छन् ।
मेडिकल शिक्षामा सुधारको माग राख्दै गोविन्द केसी २१ दिनदेखि अनशनरत छन। केसीको स्वाथ्य अवस्था बिग्रदै जाँदा पनि ससकारले उनको मागप्रति वेवास्ता गरेको भन्दै प्रदर्शनकारीले रोस प्रकट गरेका छन् । तत्काल उनको माग पूरा गरी जीवन रक्षा गर्न उनीहरुले सरकारलार्इ आग्रह गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले सरकारविरूद्ध चर्का नारावाजी गरेका छन।