रेसुंगा १४ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित
गुल्मी : रेसुंगा नगरपालिकाले वडा नम्बर १४ लाई विभाजन गरी दुईवटा वडा बनाउने प्रस्ताव नगरसभाबाट पारित गरेको छ। मंगलबार बसेको १६ औं नगरसभाबाट दुईवटा वडा बनाउने प्रस्ताव पारित भएको हो।
१४ वटा वडा रहेको नगरपालिकामा पराल्मी सबैभन्दा ठूलो र विकट रहेको थियो। उक्त वडालाई विभाजन गर्नका लागि मानव संशासन तथा सुशासन समितिका संयोजक हुम बहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए।
पराल्मी र रातामाटा भौगोलिक रूपमा विकट र ठूलो मानिन्छ। हाल रेसुंगा १४ को वडा कार्यालय र स्वास्थ्य चौकी पराल्मी छन्। तर हालसम्म रातामाटामा वडा कार्यालय र स्वास्थ्य चौकी पुग्न सकेको छैन। पराल्मी टाढा भएकाले नगरपालिकाले वडावासीलाई सहज सेवा दिन रातामाटामा सम्पर्क वडा र स्वास्थ्य चौकी कार्यालय सञ्चालन गरेको छ। वडा विभाजन भएपछि नगरपालिकामा १५ वटा हुनेछन्।
प्रतिक्रिया दिनुहोस !