ओली सरकारले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ : खगेन्द्र संगौला

ओली सरकारले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ : खगेन्द्र संगौला

काठमाडौं : लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारको गतिविधिले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको बताए । डा. गोविन्द केसीको समर्थनमा बानेश्वरमा भएको कार्यक्रममा लेखक संग्रौलाले भने,‘खड्गप्रसादको सरकारले चार महिनामा नै  ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।’ 

उनले ओली सरकार इतिहासमा नै सबैबढी अलोकप्रिय, बदनाम भएको  अारोप लगाए । लेखक संगौलाले केसीको जीवनरक्षाको लागि नभई उहाँले उठाएका मागको समर्थन गर्न सडकमा आएको दाबी गरे । 

‘डा. केसी सत्यग्राही हुनुहुन्छ, सामाजिक अभियानमा बोलिरहनु भएको छ , उहाँको पक्षमा हामी उत्रिएका छौं,’संगौलाले भने, ‘केसी सन्त, रोगी हुनु हुन्छ, डा. केसी अमर भइसक्नु भएको छ ।’ 

उनले ओली र पुष्पकमल दाहाललाई नाक जोगाउन भन्न आएको  बताए । खंग्रौलाले सरकार केसीको मृत्यु कुरिरहको आरोप लगाए । भने, ‘के ओली सरकार केसीको मृत्यु कुरिरहेको छ ।’

‘समाजवादी भन्नेहरु डा. केसीलाई अपराधीरुपमा लिइरहेका छन्, अस्पतालमा लाठी चार्ज गराइन्छ, गोली चलाइन्छ, अपहरणको शैलीमा काठमाडौं ल्याइन्छ ,’ संग्रौला भने। उनले   खड्गप्रसाद ओली सर्वसत्तावाद लाद्न खोजेमा ज्ञानेन्द्र जस्तै हुने चेतावनी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.