पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर।

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । 

महाशाखाका अनुसार  पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ।

तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन,स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसम भोलिसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.