धादिङमा भ्यान दुर्घटना, चालकसहित सात जना घाइते

धादिङमा भ्यान दुर्घटना, चालकसहित सात जना घाइते
सुन्नुहोस्

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरेर फर्किदै गरेको एक भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीबेंसीमा दुर्घटनामा परेको छ ।

बागमती प्रदेश बि ए एफ ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुमन दुवाडीले जानकारी दिए । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धादिङबेसी तथा सल्यानटारतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार भ्यानमा सवार यात्रुहरू भक्तपुरबाट नृसिंहधाम दर्शनका लागि आएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.