ज्योति मगरको रसिलो जीवन

ज्योति मगरको रसिलो जीवन

काठमाडौं : एक ताका विवाद र आलोचनाकी प्रयाय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै गर्नु पर्‍यो। तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्याइ नभ्याइ छ।

लोक गीत गायन उनको विधा हो। नृत्यमा पनि उत्तिकै दखल भएकाले स्टेज उनका लागि सहज र प्रभावकारी माध्यम बनको छ। दर्शकलाई पूर्ण मनोरञ्जन दिने सामाथ्र्य उनमा छ, गाएर होस वा नाचेर। बोलेर होस वा शारीरिक हाउभाउ। यही विशेषताका कारण पछिल्लो समय ज्योतीलाई म्युजिक भिडियोमा पनि उत्तिकै मौका मिल्न थालेको छ। 

हुन त करियरको सुरुवात पनि उनले मोडलिङ नगरेको होइन तर अहिले मोटो रकम तिरेरै ज्योतीलाई आफ्नो म्युजिक भिडियोमा लिन चाहनेको कमी छैन। केही साताअघि मेनुका राई र रुपकुमार राईको नयाँ गीत ‘नौलाई सुन्ना नब्बे’मा मोडलिङ गरी प्रशंसा कमाएकी ज्योतीले एकपछि अर्को गर्दै नयाँ गीतको भिडियोमा मोडलिङ गरीरहेकी छन्। 

पछिल्लो समय विक्रम राना र उनी आफैंले गाएको ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ बोलको गीतमा गायक विक्रम, मोडेल आरुसी मगरका साथमा ज्योतिले पनि मोडलिङ गरेकी छन्। करन न्यौपानेको शब्द एवं संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। ‘गायनसँगै मोडलिङ मोह पनि बढ्दै छ’, ज्योतीले भनिन्, ‘नाच्ने गाउने कर्मले जीवन रसिलो बनाइदिएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.