डा. केसीलाई भेट्न मोहन वैद्य शिक्षण अस्पतालमा
काठमाडौं : २२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ शिक्षण अस्प्तालमा पुगेका छन्।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै केसी अनसनमा बसेका हुन्। केसीले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न मागसमेत गरेका छन्। अनसनको २२ औं दिन पुगेपछि वैद्य केसीलाई भेट्न अस्पताल पुगेका हुन्।
केसीको यो १५ औं अनसन हो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले दुई दिनअघि काठमाडौं ल्याएको हो।