गुगल ब्वाइ आदित्यद्वारा लिखित ‘कलियुगको आदित्य ज्योतिपथ’ लोकार्पण

गुगल ब्वाइ आदित्यद्वारा लिखित  ‘कलियुगको आदित्य ज्योतिपथ’ लोकार्पण

काठमाडौं : गुगल ब्वाइ आदित्यद्वारा लिखित ‘कलियुगको आदित्य ज्योतिपथ’ पुस्तक लोकार्पण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा शनिबार एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो।

पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले गुगल ब्वाइ आदित्यसँग स्रोत बिनाको ज्ञान भएको बताए। ‘ज्ञान प्राप्तिका लागि गुरु चाहिन्छ, गुरु नभए पनि स्रोत चाहिन्छ तर बाल ज्ञानी आदित्यमा गुरु र स्रोत बिनाको ज्ञान छ’, उनले भने, ‘यो आश्चर्यजनक छ।’ आदित्यको प्रतिभालाई सुरक्षित राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले उनलाई भविष्यवाणी गर्ने काममा नअल्झाउन पनि आग्रह गरे।

‘म प्रधानमन्त्री कहिलेसम्म रहन्छु ? म कहिले प्रधानमन्त्री बन्छु ? जस्ता भविष्य हेर्न लगाएर आदित्यलाई नअल्झाउनुस्’, प्रधानमन्त्री ओलीले भने। रहस्यमय लेखक, चिन्तक र दार्शनिक आदित्यलाई आफ्नो बौद्धिक ज्ञानको प्रयोग गर्न दिनुपर्ने ओलीको भनाइ थियो। कहिल्यै औपचारिक शिक्षा प्राप्त नगरेका आदित्यको क्षमता असाधारण रहेको पनि उनले बताए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यको पुस्तक लोकार्पण अन्य पुस्तक लोकार्पणभन्दा फरक भएको बताए। आदित्यका दिव्य वाणीहरूले भरिएका पुस्तकले सबैमा नयाँ दायित्व र जिम्मेवारी थपिएको पनि उनले बताए। उनले भने, ‘प्रधानमन्त्री केपी ओली र म दुवै वैज्ञानिक भौतिकवादका पक्षधर हौं। आदित्यका आध्यात्मिक वाणीहरूको विश्लेषण गर्नु हाम्रा लागि पनि चुनौती हो।’ पुस्तकमा आदित्यले भगवान् र मूर्ति पूजा गर्न आदेश नदिएको भन्दै सबैलाई कर्म गर्न प्रोत्साहित गरेको पनि दाहालले बताए।

शताब्दीपुरुष सत्यमोहन जोशीले कलिलै उमेरमा आदित्यले नेपाली भाषा साहित्यमा अनेक सन्देशमूलक ज्ञानको पुस्तक लेखेर पत्याउनै नसक्ने काम गरेको बताए। ‘विलक्षण शक्ति र ज्ञानका धनी आदित्यले लेखेको ग्रन्थ पत्याइनसक्नु छ तर के गर्नु उनी हाम्रैअगाडि छन्, हामीले पत्याउनैपर्छ’, उनले भने।

कार्यक्रमको सुरुआत बाल ज्ञानी गुरु आदित्यका दिव्यवाणी सुनाएर भएको थियो। उनले भनेका छन्, ‘यस्तो कर्म गर, जहाँ तिम्रो उपस्थितिबिना तिम्रो चर्चा होस्, तिम्रो अभाव खट्कियोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.