नानीबाबुसँग अशेष मल्लका मनका कुरा
अशेष मल्ल
मेरो बाल्यकाल पूर्वी पहाडको रमणीय धनकुुटामा बित्यो। बाल्यकालको सम्झना बेलाबेलामा आइरहन्छ। त्यो बेलाको धनकुुटा साहित्यिक र सांस्कृतिक क्षेत्रमा समृद्ध थियो। टोलटोलमा जात्रा, सांगीतिक कार्यक्रम भइरहन्थे। काठमाडौं आएपछि म भक्तपुुर घुुम्न गएँ। भक्तपुुरको कला, संस्कृति, जात्रा, पर्व धनकुुटासँग मिल्दोजुुल्दो रहेछ। यो देखेर म छक्क परेँ।
खास कुुरा के रहेछ भने पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरेपछि हाम्रा केही पुुर्खा मल्लहरू भक्तपुुरबाट भागाभाग भएर धनकुुटा पुुगेका रहेछन्। त्यसबेला बाटो न घाटो कसरी धनकुुटा पुुगे होला ? महŒवपूर्ण कुुरा के रहेछ भने उनीहरूले आफ्नो कला, संस्कृति पनि साथै लिएर गएछन् अनि धनकुुटामा पनि बचाएर राखेछन्।
म सानो छँदा बिजुुलीबत्ती थिएन। कक्षा ८ मा पढ्दा मात्रै मैले धरान जाँदा पहिलो पटक गाडी देखेको थिएँ। मेरा दौंतरी दसैं कहिले आउँछ भनेर प्रतीक्षारत हुुन्थे। म भने भदौ महिनाको पर्खाइमा हुुन्थेँ। भदौमा जात्रा, नाच, नाटक देख्न पाइन्थ्यो। जात्रा सुुरु हुुनुु एक महिनाअघि नै टोलका अग्रज दाजुुहरू भेला भएर छलफल गर्थे। कलाकार छनोट गर्थे। म पनि छनोटमा पर्छुु कि भनेर आशा गर्थें। म सानो भएकै कारण छनोटमा नपर्दा दुुखित हुुन्थे। दिनभर रोएर बस्थेँ।
म नछानिएर के भो त ? म आफैं पनि त्यो काम गर्न सक्छुु भन्ने लाग्न थाल्यो। टोलका साथीहरू भेला पारेर नाटक तयार पारेँ। अनि टोलटोलमा मञ्चन गरेँ। सात–आठ वर्षकै उमेरमा गरेको त्यो मेरो पहिलो अभिनय हुुनुुपर्छ, सायद। म सानोमा कविता पनि लेख्थेँ। मेरो बुुवा पनि कविता लेख्नुुहुुन्थ्यो। उहाँको प्रभाव ममा धेरै परेको थियो। बुुवालाई कवि खगेन्द्रकुुमारको नाममा चिठीपत्र आउँथे। मेरो नाममा यसरी कहिलेबाट चिठी आउला भन्ने मलाई लागिरहन्थ्यो।
म सानैदेखि कविता प्रतियोगितामा भाग लिन्थृँ। प्रथम हुुन्थेँ। टोलटोलमा क्लब, पुुस्तकालय, संस्थाहरू खुुलेका थिए। कक्षा ५, ६ मा पढ्दा मलाई पनि संस्था खोल्न मन लाग्यो। बाल सुुधार संघनामक संस्था खोलेर म अध्यक्ष बनेँ। त्यसबाट हामीले हस्तलिखित पत्रिका निकाल्ने, पुुस्तकालय खोल्ने, कविता प्रतियोगिता, नाटक मञ्चन जस्ता कार्यक्रम गर्यौं।
अधिकार र कर्तव्य सधैं सँगै जान्छन्। भाइबहिनीले आफ्नो र समाजप्रतिको कर्तव्य बुुझ्नुु जरुरी छ।
एकदिन अचानक पुुलिस घरमा आएर तिमीलाई सिडियाले बोलाएको छ भने। घरमा आमा मात्र हुुनुुहुुन्थ्यो। बालकलाई घरबाट लैजाँदा कोलाहल भयो। सिडियोले मलाई भने, ‘बाबुुले कानुुनविपरीत संस्था खोलेछौ। नाबालक भएकाले तिमीलाई नथुुनेको। अब संस्था बन्द गर।’ म सिडियोको अगाडि रोएछुु। म रोएको देखेर उनले भने, ‘ठीक छ, दुुईचार दिनमा प्रधानमन्त्री आउँदै हुुनुुहुुन्छ। म तिमीलाई भेटाइदिन्छुु उहाँले भनेअनुुसार गर्नू।’ प्रधानमन्त्री कीर्तिनिधि विष्ट आएका बेला मलाई फेरि पुिुलसले लग्यो। प्रधानमन्त्रीले संस्था बन्द गर्न र यसलाई बाल संगठनमा गाभ्न आदेश दिए।
यस घटनाले सरकारप्रति मेरो मनमा विद्रोह जन्मियो। मैले साइनबोर्ड फालेँ। अन्य सामानहरू पनि फालिदिएँ। कक्षा ८ मा पढ्दा बुुवाले काठमाडौंबाट रंगीचंगी गाईजात्रा पत्रिका ल्याइदिनुुभयो। त्यो गाईजात्रा विशेषांकमा ठूला मान्छेलाई व्यंग्य गरिँदो रहेछ। गाईजात्राको एक दिन यस्तो छुुट रहेछ। मलाई पनि यस्तै पत्रिका निकाल्न मन लाग्यो। छाप्न असम्भव भएपछि म र मेरा साथी राजेन्द्रप्रसाद मिलेर हस्तलिखित गाईजात्रा पत्रिका निकाल्यौं। त्यसमा सीडीओ, प्रधानपञ्च, प्रिन्सिपललाई व्यंग्य गरेका थियौं। रातको समय पारेर यसलाई ठाउँठाउँमा टाँस्यौं।
पुुलिसलाई शंका लागेर हाम्रो नियमित खेदो गर्न थाल्यो। हामीलाई पुुलिसले लगेर अक्षर जाँच्यो। पछि कुुरा यत्तिकै सेलायो। त्यसबेलाका इन्स्पेक्टर हाम्रा आफन्त थिए। उनले घरमै आएर मलाई गाली गर्दै मैले तँलाई बचाएको भने। उनलाई सीडीओले पठाएको रहेछ। त्यसबेला निरंकुुश पञ्चायती शासन व्यवस्था थियो।
स्कुुल पढ्दा दुुर्गा पोख्रेलले खोला किनारमा लगेर बीपी कोइरालाका भाषण सुुनाउने, पत्रिका पढाउने गर्न थाल्नुुभयो। त्यतिबेला तरुण नामको पत्रिका निस्किन्थ्यो। म नजानिँदो तरिकाले बीपीप्रति नजिकिएँछुु। म फुुटबल पनि खेल्थेँ। टिम क्याप्टेन थिएँ। हामीले खेल्दा अग्रजहरू खसी, बोका, कुुखुुराको बाजी थाप्थे। मेरो हात थुुक्ने बानी थियो। एक पटक खेल्दाखेल्दै हात थुुथुु गरेर गोल हान्दा गोल लागेन। मेरो कमजोरीले गोल नलागेको भन्दै बाजी थाप्नेहरूले मलाई नराम्रोसँग पिटे।
हाम्रो पालामा गणेश चौथीका दिन उपद्रो गर्नै पर्छ भन्ने परम्परा थियो। हामीले सुुन्तला र बंगाली सरको घरमा कुुखुुरा चोर्ने योजना बनायौं। तर पछि छिमेकीले थाहा पाए।
मैले हातेमालो बाल क्लबमा २२ वर्ष अध्यक्ष बन्ने मौका पाएँ। हामी सुुनकेस्रा नामको पत्रिका निकाल्थ्यौं। म त्यसको प्रधान सम्पादक थिएँ। संयुुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी घोषणापत्रमा अधिकारका कुुरा धेरै छन्। त्यहाँ कर्तव्यका कुुरा गरिएको छैन। हामीले पनि अधिकारका कुुरा धेरै गर्यौं। कर्तव्यबारे कुुरा गरेनौं। भाइबहिनीले आफ्नो कर्तव्य र समाजप्रतिको कर्तव्य बुुझ्नुु जरुरी छ। अधिकार र कर्तव्य सधैं सँगै जान्छन्।
परिवार हाम्रो पहिलो पाठशाला हो। बुुवाआमा हाम्रो पहिलो गुुरु हुुनुुहुुन्छ। उहाँहरूले हामीलाई शिक्षकले जस्तो पढाउनुुहुुन्न तर उहाँहरूको आँखाले समेत धेरै कुुरा बताइरहेको हुुन्छ। म संयुुक्त परिवारका हुुर्किएको हुुुुँ। आमा रातदिन चुुलामा काम गर्नुुुुहुुुुन्थ्यो। सबैलाई बाँडेर उब्रिएको मात्र खानुुहुुन्थ्यो। धुुवाँमा काम गरेकाले आमा रातभर खोक्नुुहुुन्थ्यो। हामीलाई दुुःख नहोस् भनेर सधैं प्रयत्न गर्नुुहुुन्थ्यो। घरमा पाहुुना आउँदा सारा दुुःख लुुकाएर मुुस्काउनुु हुुन्थ्यो। यसबाट मैले जीवनमा धेरै कुुरा सिकेँ। संघर्ष गर्न सिकेँ।
भाइबहिनीले शरीर स्वस्थ्य राख्न हरसमय ध्यान दिनुुपर्छ। खानपानमा ख्याल गर्नुुपर्छ। योग, ध्यान गर्नुुुुपर्छ। यसले शरीर स्फुुर्त बनाउँछ। बिदाको समय पारेर घुुम्न निस्किनुुुुपर्छ। सहरको हल्लाखल्लाबाट बाहिर निस्किँदा दिमाग शान्त हुुन्छ। प्रकृतिबाट पनि धेरै कुुरा सिक्न सकिन्छ। (रंगकर्मी, लेखक अशेष मल्लसँग समीरबाबु कट्टेलले गरेकाे कुराकानीमा अाधारितण )