सरकारको विरोध मात्र होइन सही मार्गदिशा देखाउँछौ

सरकारको विरोध मात्र होइन सही मार्गदिशा देखाउँछौ

परासी : नेपाली कांग्रेसका नेता एंव केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कांग्रेसले सरकारको विरोध मात्र गर्ने नभई सही राजनीतिक मार्गदिशा देखाउने भूमिकाको रुपमा उभिएको बताएका छन्।

३६ औं वीपी स्मृति दिवसका अवसरमा पश्चिम नवलपरासीको गुठिसूर्यपुरामा नेपाली कांग्रेसद्धारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुअघि भूमहीमा आयोजना गरिएको कार्यकर्ता भेटघाटमा नेता सिटौलाले परिवर्तनलाई बचाउन र संवैधानिक व्यवस्थालाई सही ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेस माथि आएको बताए। 

नेता सिटौलाले राज्य सत्ताका केही सीमित जिम्मेवारी हुने र प्रतिपक्षका असिमित जिम्मेवारी हुने भएकाले सरकारलाई संविधानको नियन्त्रणभित्र राख्दै नीतिगत नेतृत्वमा जिम्मवारी बनाउने भूमिका कांग्रेसमा आएको बताए।

वर्तमान सत्ता एकदलीय सोच, शैली र शासन प्रणालीमा अघि बढेको बताउँदै बहुबलमा आधारित पद्दतिमा लैजानका लागि कांग्रेसले अझ सशक्त भूमिका खेल्ने बताए। सरकारले स्वास्थ्य क्षेत्रदेखि विभिन्न क्षेत्रमा मनोमानी निर्णय गर्न थालेको बताउँदै नेता सिटौलाले त्यसले राज्यमा द्धन्द्ध निम्ताउने काम गरेको आरोप लगाए। 

कांग्रेस भित्रको गुट/उपगुटले संगठन कमजोर भएको भन्ने कार्यकर्ताको जिज्ञासामा नेता सिटौलाले अहिले देखिएको सरकारको हुकुमी व्यवस्था जस्तै पार्टीभित्र पनि हुकुमी शासन नचल्ने बताए। पार्टी भित्रको हुकुमी व्यवस्थालाई हटाउन कार्यकर्ताले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए। पुरानो सोचले नयाँ व्यवस्था नचल्ने बताउँदै नेता सिटौलाले पार्टीभित्रको नेतृत्व, संरचना र संगठन निर्माणलाई नीतिगत रुपमै परिवर्तन आवश्यक रहेकाले त्यसको टुंगो महासमिति बैठकले लगाउने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.