धावनमार्ग टाल्ने क्रममा त्रिभुवन विमास्थल आधा घण्टा अवरुद्ध
काठमाडौं : धावन मार्गको पिच टाल्ने क्रममा आधा घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । विमानस्थलमा अहिले कुनै पनि जहाज उडान तथा अवतरण हुन सकेका छैनन् । विमानस्थल कार्यालयको इन्जिनियरिङ महाशाखाले धावनमार्गमा भत्किएको पिच टाल्ने काम गरिरहेको जनाएको छ ।
‘पिच भत्कने घटना सामान्य जस्तै बनेको छ’, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘अहिले दैनिक तीनचार पटकसम्म धावनमार्गमा समस्या आइरहेको छ ।’
आइतबार दिउँसो २ बजेर १० मिनेटबाट बन्द भएको विमनस्थल २ः ४० मा खुल्नेछ।