बागमती नदीमा डुबेर दुई बेपता

बागमती नदीमा डुबेर दुई बेपता

मलंगवा : बागमती नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो दुईजना बेपत्ता भएका छन्। डुबेका मध्ये एकजनाको उद्धार भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजका २२ वर्षीय संजय बस्नेत र राजेश ब्लोन बेपत्ता भएका हुन्। सोही स्थानका २२ वर्षीय राम श्रेष्ठलाई स्थानीयले उद्धार गरेका छन्। तपोबनको फेदी नजिक उनीहरु पौडी खेल्नका लागि नदीमा पसेका थिए। खतरा भनेर संकेत गरिएको स्थानमै उनीहरु पौडी खेल्न नदीमा पसेको स्थानीयको भनाइ छ। 

पानी जम्मा हुने डयाम्म नजिकै डुब्ने भुमरी रहेको र विगतका वर्षमा पनि त्यस ठाउँमा मानिस डुब्ने गरेको स्थानीयको भनाइ छ। हरेक वर्ष मानिस डुब्न थालेपछि उकत स्थानमा खतराको संकेतसमेत राखिएको छ। 

बेपत्ता युवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाका असइ रामबहादुर यादवले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.