मानवअधिकार आयोगविरुद्ध प्रदेश सरकारः मलेठ घटना छानविन गर्न समिति

मानवअधिकार आयोगविरुद्ध प्रदेश सरकारः मलेठ घटना छानविन गर्न समिति

जनकपुरधाम: राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको सप्तरीको मलेठ घनाको प्रतिवेदनमा असन्तुिष्ट जनाउँदै प्रदेश २ सरकारले छानविन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकबाट छानविनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबको संयोजकत्वमा ३ सदस्य छानविन समिति समेत गठन गरेको हो । 

समितिको सदस्यमा सामाजिक विकास मन्त्री नवल किशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह छन् । समितिको सदस्य सचिवमा मुख्य न्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्ण प्रसाद बराललाई समेत राखिएको छ ।

समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्रिपरिषदमा प्रतिवेदन बुझाउने छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदनमा मधेसवादी दललाई पनि दोषी देखाएको छ । 

प्रतिवेदनमा आन्दोलनकारीहरुले घरेलु हतियार लिएर पर्खाल नाघी कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले गोली चलाएको उल्लेख गरेकोमा मधेसवादी दल आक्रोशित बनेका छन्। प्रतिवेदनमा झुटा कुरा उल्लेख गरेको राजपा नेताहरुको भनाइ छ । उक्त प्रतिवेदनको विरोधमा राजपा सप्तरी आन्दोलित बनेका छन् ।

सप्तरीको राजविराज र रुपनीको बीचमा पर्ने गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा तत्कालिन नेकपा एमालेले ०७३ फागुन २३ मा कार्यक्रम आयोजना गरेका थिए । मधेसवादी दल कार्यक्रम गर्न नदिने उद्घोषका साथ विथोल्ने प्रयास गर्दा सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपका क्रममा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाउँदा ५ आन्दोलनकारीको मृत्यु र दर्जनौं घाईते भएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.