मालिकले चलाउन खोज्दा सात कान्लामुनि पुग्यो बस (फोटो फिचर)
रोल्पा : ड्राइभरले पार्किङ गरेर राखेको बस मालिकले चलाएर घर लाने क्रममा दुर्घटना भएको छ । बस मालिक रोल्पा नगरपालिका –४ मेबाङ जुमथानाका इन्द्रबहादुर गिरीले चलाएर घर लानेक्रममा आर्शिवाद प्रालिको ना १ ख ५५३० नम्बरको बस तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बस मालिक गिरी च्यापिएर घाइते भएका छन् भने खलासीले हाम फालेर ज्यान जोगाएका छन् । नेपाली सेनाको टोली बस मालिक गिरीको उद्दार गरी उपचारका लागि रेउघा अस्पताल लगिएको छ ।बस एक स्थानीयको घरमा समेत क्षति भएको छ ।