मलेठ घटना प्रदेश सरकारले छानबिन गर्ने, आयोगको छानबिनमा असन्तुष्टि

मलेठ घटना प्रदेश सरकारले छानबिन गर्ने, आयोगको छानबिनमा असन्तुष्टि

जनकपुरधाम : सप्तरीको मलेठ घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले तयार प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारले छानबिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटना छानबिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह छन् ।

समितिका सदस्यसचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता कृष्णप्रसाद बराललाई चयन गरिएको छ । १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदनबाहिर ल्याउने निर्णय बैठकले गरेको छ ।

छानबिन समितिका संयोजक एवं कानुनमन्त्री यादवले आयोगले कसैको दबाबमा प्रतिवेदन सार्वजनिक गरेको आरोप लगाए । मधेसी दल र जनतामाथि दोष लगाएको प्रतिवेदन जनता र राजनीतिक दलले खारेज गरिसकेको जिकिर उनले गरे । ‘प्रतिवेदनमा सच्चाइ लुकाइएको छ । हामी सबै कुरा बाहिर ल्याउँछौं’, उनले भने, ‘दूधको दूध र पानीको पानी छुट्याइदिन्छौं।’

आयोगले प्रतिवेदनमा घटनाका दोषीउपर कारबाहीको माग नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले घटनास्थलभन्दा ३ सय मिटर टाढा गएर सुरक्षाकर्मीले जनताको छाती र टाउकोमा सीधा गोली हानी मानवअधिकार उल्लंघन गरेको दाबी गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बताए । ‘दोषी को-को हुन् छानबिनपछि सबैकुरा बाहिर आउँछन्’, उनले भने, ‘दोषीलाई उम्काउन मिल्दैन, जसरी पनि कारबाही हुनुपर्छ ।’

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तराई-मधेसकेन्द्रित दललाई पनि दोषी देखाइएको छ । आन्दोलनकारीले घरेलु हतियार लिएर पर्खाल नाघी कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले गोली चलाएको उल्लेख भएपछि राजपा आक्रोशित बनेको हो । प्रतिवेदनमा झुठा आरोप लगाएर मधेसी दल र जनतालाई बदनाम गराउन खोजिएको राजपाका नेता बताउँछन् । राजपा सप्तरी आयोगको प्रतिवेदनको विरोध गर्दै आन्दोलितसमेत बनेको छ ।

राजपा नेता एवं प्रदेश सांसद सुरेश मण्डलले आयोगको प्रतिवेदनले दोषीलाई बचाउ गरेकाले सत्यतथ्य छानबिन गर्न प्रदेश सरकारले समिति बनाएर प्रशंसनीय काम गरेको बताए । आयोगजस्तो स्वतन्त्र निकायले दोषीलाई बचाउने गरी प्रतिवेदन बनाएर गल्ती गरेको उनको भनाइ छ ।

‘आयोगको विश्वसनीयता गुमेको छ’, उनले भने, ‘प्रदेश सरकारले गठन गरेको छानबिन समितिले सत्य प्रतिवेदन बाहिर ल्याएर आयोगले उम्काउन खोजेको दोषीलाई कारबाहीको कठघरामा उभ्याउनुपर्छ ।’

सप्तरीको राजविराज र रुपनीको बीचमा पर्ने गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तत्कालीन एमालेले ०७३ फागुन २३ मा कार्यक्रम आयोजना गरेको थिए । मधेसकेन्द्रित दलले कार्यक्रम बिथोल्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप भएको थियो । झडपका क्रममा गोली लागी पाँच आन्दोलनकारीको मृत्युको भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.