कर्मचारी अभावमा गाउँपालिका

कर्मचारी अभावमा गाउँपालिका

तानसेनः पाल्पाका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा गाउँपालिकाको काम प्रभावित बनेको छ । गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नहुँदा लक्षित कार्यक्रम प्रभावित हुने गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरूले कर्मचारी अभावमा नीति तथा योजनाअनुसारको उपलब्धिमूलक काम नभएको बताएका छन् ।

बजेट र कार्यक्रम भए पनि दरबन्दीभन्दा निकै कम स्थायी जनशक्ति भएको र करार सेवा लिनसमेत अस्पष्ट नीति नभएका कारण बजेट र कार्यक्रमको उपलब्धि कमजोर देखिएको स्थानीय तहका प्रमुखहरूले बताएका छन् । तानसेन र रामपुर नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि ०७५ जेठ महिनामा आर्थिक कार्यसम्बन्धी काम हुन सकेको थिएन ।

पाल्पाका ८ वटा गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी छैनन् । ३० जनाको दरबन्दी भए पनि ३÷४ जना कर्मचारीबाट धान्नुपर्ने बाध्यता छ । विषयगत, वडासचिव र प्राविधिक कर्मचारी अभावमा विकासको काम प्रभावित बनेको छ । कर्मचारी अभावमा गाउँपालिकाका धेरै काम गर्न नसकिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

नयाँ दरबन्दीअनुसार गाउँपालिकामा १७ देखि २५ जना र वडा कार्यालयमा एक जना प्राविधिक र वडासचिवको दरबन्दी रहे पनि कुनै पनि स्थानीय तहमा पूरा कर्मचारी पुगेका छैनन् । प्राविधिक जनशक्ति अभावमा समयमै योजना सम्झौता र फरफारक हुन सकेको छैन । केही योजनामा काम हुन नसकी रकम फिर्ता गएको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । ‘दरबन्दीको एकतिहाइ कर्मचारी पनि छैनन् उपसचिव र अधिकृत दरबन्दी भएका ठाउँमा त्यसभन्दा तल्लो तहका कर्मचारीले चलाउन बाध्य छौं’, माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए । पालिकाहरूमा प्राविधिक कर्मचारीहरू आएकै छैनन् । विकास निर्माण तथा पूर्वाधारका काम बिनाप्राविधिक गर्न सकिने अवस्था छैन माथागढी गाउँपालिका अध्यक्ष थापाले बताए ।

जिल्लाका अधिकांश गाउँपालिकाका २ वटा वडाको काम एकै जना सचिवले भ्याउँदै आएका छन् । गाउँपालिकामा कर्मचारी आउनै नखोज्ने, आएका पनि चाँडै सरुवा मिलाएर जाने गरेका रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

जिल्ला समन्वय समतिमा रहेका अधिकांश कर्मचारी तानसेन नगरपालिकाभित्र रहेका छन् । त्यहाँ उनीहरूले काम नै नपाएको अवस्था छ भने गाउँपालिकामा कर्मचारीको अभावमा योजनाअनुसार काम हुन सकेको छैन । कर्मचारीहरूले सदरमुकाम आसपास नै रोजेपछि टाढाका गाउँपालिकाहरूको अवस्था बिजोग बनेको छ । बजेट परिचालन र अधिकार प्रयोगमा स्थानीय सरकार अधिकारसम्पन्न भए पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा स्थानीय सरकारको अनुभूति जनताले गर्न पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.