शाैचालयबाट साढे आठ लाख आम्दानी

शाैचालयबाट साढे आठ लाख आम्दानी

ललितपुर : ललितपुर महानगरपालिकाले सार्वजनिक शौचालयबाट यस आर्थिक वर्षमा करिब साढे ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष शौचालयबाट महानगरपालिकाले ७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

महानगरपालिकाको राजस्व महाशाखाका अनुसार आव २०७३÷७४ मा ७ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष ८ लाख ४० हजार रुपैयाँ संकलन गरेको महाशाखा प्रमुख डिल्लीराज शाक्यले जानकारी दिए। पाटनको मंगलबजारमा २८ वर्षदेखि महानगरपालिकाद्वारा सञ्चालित सार्वजनिक शौचालयको रेखदेख गर्दै आएका सन्तोष देउलाका अनुसार पर्यटकहरू शौचालयमा पस्न घिन मान्छन्। जीर्ण शौचालयमा केही वर्ष अघिसम्म पर्यटकका लागि छुट्टै शौचालय भए पनि हाल बन्द रहेको उनले बताए।

‘महानगरलाई मासिक ४२ हजार रुपैयाँ तिर्नुपर्छ तर मर्मत गर्न कहिले सघाएन’, महानगरपालिकाले मर्मतसम्भारमा कुनै चासो नदेखाएको गुनासो गर्दै उनले भने, ‘भुइँमा बिछ्याएका टाइल फुटिसकेका छन्, भित्ताबाट पाइप निस्किएका छन्, प्लास्टर उक्किएको छ, पानी छैन। उनले शौचालय धेरै पुराना भइसकेकाले जति सफा गरे पनि सफा नदेखिने बताए। सरसफाइका लागि सातामा ६ हजार लिटर पानी किन्ने गरेको उनले बताए। ‘त्यो पनि पर्याप्त हुँदैन’, उनले भने।

महानगरपालिका मातहतमा लगनखेल, जावलाखेल, लुभुलगायत विभिन्न ठाउँमा शौचालय सञ्चालनमा रहे पनि कामचलाउ मात्र।

महानगरपालिका मातहतमा लगनखेल, जावलाखेल, लुभुलगायत विभिन्न ठाउँमा शौचालय सञ्चालनमा रहे पनि कामचलाउ मात्र रहेका जिल्ला खानेपानी समन्वय समितिका सदस्यसचिव हरिदत्त पौडेलले बताए। उनले भने, ‘महानगरले राम्ररी व्यवस्थापन गरे हुन्थ्यो।’ सानो प्रयासले नै पनि धेरै सुधार हुन सक्ने उनले बताए। प्रत्येक २ किलोमिटरमा शौचालय हुनुपर्ने प्रस्ताव ल्याएको बताउँदै उनले सहरका सबै बस बिसौनीमा सडक वारिपारि दुवैतिर शौचालय हुनुपर्ने बताए।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले अब शौचालयका लागि नयाँ टेन्डर आह्वान गरिने र मंगलबजारका सबै चोकमा मोबाइल शौचालय राखिने दाबी गरे। महानगरले शौचालयको आवश्यकता अनुभूत गरेको र पर्यटकलाई समेत ध्यानमा राखी पुल्चोकदेखि मंगलबजारसम्म दुई÷तीन ठाउँमा भाडामा घर लिएर शौचालय बनाउने योजना तयार पारिएको जानकारी दिए। उनले भने, ‘स्तरीय शौचालय सञ्चालन गर्ने महानगरको योजना छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.