चाेरीशिकारले संकटमा पाटेबाघ

चाेरीशिकारले संकटमा पाटेबाघ

गुलरिया : ‘सम्वृद्धिका लागि बाघ संरक्षण गरौं’ भन्ने नारासहित नेपालमा आइतबार विश्व बाघ दिवस मनाइँदैछ । विश्वबाटै दुर्लभ अवस्थामा पुगेका पाटेबाघहरुको संरक्षणसँगै सचेतना दिलाउने उद्देश्यले अन्तर्राष्ट्रिय रुपमै विविध कार्यक्रमका साथ बाघ दिवस मनाउन थालिएको हो ।

वासस्थान विनास, आहारा प्रजातिको कमीलगायत बढ्दो चोरी शिकारका कारण बाघ लोप हुने अवस्थामा पुगेका हुन् । बाघको संख्या दोब्बर बनाउने अभियान लिएर नेपाल पनि बाघको संरक्षणमा अघि बढेको छ ।

ग्लोबल टाइगर रिकभरी प्लानअनुसार सन् २०२२ सम्म विश्वमा बाघको संख्या ६ हजार पुर्‍याउने लक्ष्य छ । रसियाको सेन्टपिटर्सवर्गमा जुलाई २९ लाई बाघ दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार सन् २०१० देखि नै बाघ दिवस मनाउन थालिएको हो ।

‘विश्वमा पाइने नौ प्रजातिका बाघमध्ये बाली, जाभान र क्याप्सियन प्रजाति १९४० को दशकमा विश्वबाटै लोप भइसकेको छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षणअधिकृत श्याम थापाले भने । विश्वका १३ देशमा ६ प्रजातिका पाटेबाघ पाइन्छन् ।

सन् २०१६ को अनुगमनको नतिजाअनुसार विश्वमा तीन हजार आठ सय ९० पाटेबाघ छन् । सन् २०१६ को तथ्यांकअनुसार भारतमा दुई हजार दुई सय २६, रसियामा चार सय ३३, इन्डोनेशियामा तीन सय ७१, मलेशिया दुई सय ५० वटा पाटेबाघ छन् ।

सन् २०१३ को बाघ सर्वेक्षण रिपोर्टअनुसार चितवनमा एक सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा सात र बाँके राष्ट्रिय निकुञ्जमा चारवटा गरी नेपालमा एक सय ९८ वटा पाटेबाघ रहेको थापाको भनाई छ ।

सन् २०१७ डिसेम्बरमा नेपालमा गरिएको राष्ट्रिय बाघ अनुगमनको नतिजा बाघ दिवसका दिन सार्वजनिक गर्ने बताइए पनि बाघका तस्विरहरु एनालाइसिस गर्ने कार्य अझै नसकिएकाले अनुगमनको नतिजा बाघ दिवसका दिन सार्वजनिक नहुने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षणअधिकृत अशोक भण्डारीले जानकारी दिए ।

पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज त्यसका मध्यवर्ती तथा संरक्षित क्षेत्रहरुमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवालगायत स्थानीयको सहभागितामा बाघ दिवस मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.