नगरपालिकावासी गाउँपालिकामा गाभिदै !

नगरपालिकावासी गाउँपालिकामा गाभिदै !

गाउँपालिकामा गाभिदै नगरपालिकावासी ! 

खेमबहादुर बुढा
रोल्पा ः     रोल्पा नगरपालिका–७ उपल्लोघापावासी नगपालिकाबाट छुटिन चाहेका छन् । उनीहरु माडीगाउँपालिकामा गाभिन खोज्दैछन् । स्थानीय तह सञ्चालनको एक वर्षमै उनीहरु नगरपालिकाबाट छुटिएर गाउँपालिकामा समावेश हुन चाहेका हुन् ।

स्थानीय तह विभाजन हुनुअघि साविक गाविस कोर्चाबाङ वडा नम्बर ३ का वासिन्दा नगरपालिकाबाट अलग हुने भएका हुन् । करिव १ सय घरधुरी रहेका नगरवासीलाई नगरपालिकाबाट अलग्गिएर गाउँपालिकामा गाभिन रोल्पा नगरपालिकाले सहमति समेत दिईसकेको छ । माडीगाउँपालिकाले पनि गाउँपालिकामा समावेश गर्ने सहमति जनाईसकेको छ ।

नगरपालिकाको वडा कार्यालय अपायक भएपछि गाउँले असन्तुष्ट वनेका थिए । साविकका गाविस कोर्चाबाङका ३, ४ र ५ वडा, जंकोटको १ र कोटगाउँको १ र ८ वडा मिलाएर वडापालिका वनाईएको थियो । 

उक्त वडापालिकाको कार्यालय कोटगाउँ माडीचौरमा राखिएपछि उपल्लोघापावासीले असन्तुष्टि जनाउँदै आएका थिए । उनीहरुलाई वडापालिकाको कार्यालय पुग्न र फर्किन एकदिन लाग्छ । जवकि माडीगाउँपालिकाको ६ नम्बर वडापालिकाको कार्यालय एक घण्टाको दूरीमा पर्दछ ।

उपल्लोघापावासीले नगरपालिकामा समेटिएको साविक कोर्चाबाङ गाविसका ३ वडाको बीच भागमा वडापालिका राखिनु पर्ने अन्यथा वडापालिकाको कार्यालय नजिक पर्ने माडीगाउँपालिकामा गाभ्न अनुरोध गर्दै आएका थिए । 

‘संघीय र प्रदेशको निर्वाचन हुनुअघि नै वडापालिका पायकमा हुनुपर्ने अन्यथा गाउँपालिकामा समावेश गर्नुपर्ने माग राख्दै आएका हौं ।’, उपल्लोघापावासी एंव नेकपाका स्थानीय नेता  आईतराम विक भन्छन्, ‘साविक ३ नम्बर वडावासीले हस्ताक्षर संकलन गरेर नेता, जिल्ला प्रशासन, पार्टी कार्यालयमा मागपत्र सहित पेश गरिएको हो ।’ 

नगरपालिकामा पटकपटक अलग हुने माग आएपछि नगरसभाले अलग हुनेगरी अनुमति दिने निर्णय गरेको हो । ‘२०७५ असार १० गतेको नगरसभाबाट अलग्गिएर माडीगाउँपालिकामा जान दिने सर्वसम्मत निर्णय गरिएको छ ।’, रोल्पा नगरपालिकाका मेयर पुरण केसीले भने, ‘नगरपालिकाको वडापालिका अपायक भएकोले पनि जनताको चाहना वमोजिम निर्णय गरियो ।’ 

माडीगाउँपालिकाले असार २५ गतेको गाउँसभाबाट आफ्नो गाउँपालिकामा समावेश गर्ने सहमित दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले वताए । अध्यक्ष पुनले भने, ‘स्थानीय तह विभाजन हुँदा नगरपालिकामा समेटिएको भएपनि साविक कोर्चाबाङ गाविसकै वासिन्दा हुन् । उनीहरु नजिकको वडापालिकामा आउन चाहेकाले हामीले पनि सर्वसम्मतिमा सहमति दिएका हौं ।’

स्थानीय सरकार संचालन ऐनको दफा ६ उपदफा १० र ११ अनुसार कुनै वडावासी कुनै स्थानीय तहबाट अलग भएर अर्को स्थानीय तहमा जान चाहेमा निर्वाचन भएको ६ महिनाभित्र वहुमतले अनुमति र सहमति दिनसक्ने प्रावधान रहेको मेयर केसी वताउँछन् । 

६ महिनापछि दुईतिहाई मत चाहिने भएपनि रोल्पा नगरपालिका र माडीगाउँपालिकाको सभाले सर्वसम्मत पारित गरेका हुन् । अन्तिम टुंगो भने नगर र गाउँपालिकाको सिफारिसमा संघीय सरकारले लगाउने छ । कतिपयले स्थानीय तहको वडा नै विभाजन जटिल हुनसक्ने दावी गरेका छन् ।

अलग हुन चाहेका नगरवासीको हस्ताक्षर, नगर र गाउँपालिका सभाको निर्णय वोकेर अगुवा आईतराम विकको टोलीले प्रदेश र संघीय सरकारका प्रतिनिधिसँग भेट गरिसकेको छ । ‘पाँच नम्बर प्रदेश प्रमुख शंकर पोख्रेल र आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई भेट गरियो ।’, स्थानीय नेता आइतराम भन्छन्, ‘प्रदेश सरकारले स्विकृत गरेर संघीय सरकारमा पठायो भने सजिलो हुने प्रतिक्रिया आएको छ ।’ 

संघीय मामिला मन्त्रालयले नगरपालिकाबाट अलग हुन चाहेको र समावेश गर्न चाहेको गाउँपालिकाबाट आवश्यक कागजात सच्याएर आउन टोलीलाई निर्देशन दिइसकेको छ । नगर र गाउँपालिकाका सभाले गरेका निर्णय प्रमाणित नगरिएको र सभाको निर्णय सहितको सिफारिस पत्रमा मेयर र अध्यक्षले हस्ताक्षर गरेकाले मन्त्रालयले सच्याउन भनेको छ ।

रोल्पामा एक नगरपालिका र ९ वटा गाउँपालिकाका ७२ वडापालिका छन् । आवश्यक कागजात र प्रक्रिया पु¥याएको खण्डमा नगरका वासिन्दा गाउँपालिका वासिन्दा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.