हजमा पनि ठगी

हजमा पनि ठगी

भैरहवा : मुस्लिम सामुदायको पवित्रस्थल साउदी अरेबियाको मक्का मदिनाको हजयात्रामा ठगी धन्दा हुने गरेको छ। हज गरेर आएका हाजीहरूको केन्द्रीय हज समितिले हजयात्रामा भ्रष्टाचार गर्ने गरेको आरोप छ।

प्रत्येक वर्ष हजको जति चर्चा हुँदैन जति केन्द्रीय हज समितिले गर्ने अनियमितताको चर्चा हुन्छ। हजका लागि जाने यात्रुको नाम छनोट चरणदेखि नै केन्द्रीय हज समितिका पदाधिकारीले अनियमितता गर्ने गरेको आरोप छ। हज यात्राका लागि आवेदन दिएकामध्ये मापदण्डका आधारमा नाम छनोट गरिएको बताइए पनि अधिकांश नाम राजनीतिक भागबण्डा र घुसका आधारमा छनोट हुने गरेको हाजीहरू बताउँछन्। गत वर्ष बुटवलबाट प्रतिव्यक्ति ५० हजारका दरले केही व्यक्तिहरूको नाम छनोट गरिएको नाम उल्लेख नगरिनेदिने आग्रहमा एक हाजीले बताए।

‘साउदीमा बेवारिसे’

हज यात्रामा पूर्ण जिम्मेवारीका साथ साउदी लग्ने केन्द्रीय हज समितिले त्यहाँ लगेर बेवारिसे अवस्थामा छाड्ने गरेको हज गरी फर्केका हाजीहरूको गुनासो छ। हजयात्राका क्रममा समितिले दिने दुःखको बयान गरेर साध्य नभएको रूपन्देही सिद्धार्थनगर नगरपालिकाका–७ का हाजी कमरुल्होद्दा खाँ बताउँछन्। ‘समितिले हामीलाई काठमाडौंबाट साउदीको धर्मशाालाजस्तो होटलमा लगेर बेवारिसे अवस्था छाडिदिन्छ’, उनले भने, ‘अभिभावकत्व ग्रहण गरेको केही महसुससमेत हुँदैन, हामी त्यहाँ बेवारिसेजस्तै हुन्छौं।’ हजमा गएका यात्रीहरूको अवस्थाका बारेमा हज समितिले कुनै चासो नराख्ने गरेको खाँले बताए।

हज यात्रामा अधिकांश वृद्धवृद्धा हुन्छन्। जसले सबैभन्दा बढी दुःख पाउँछन्। साउदी लैजानेदेखि सहजै आफ्नो मुलुक फर्काउनसम्म समितिको पूर्ण जिम्मेवारी हुनुपर्ने हो तर समितिले वास्तै नगर्ने हाजीहरू बताउँछन्। मौसम परिवर्तनका कारण अधिकांश हजयात्रीलाई स्वास्थ्य समस्या हुने भए पनि टोलीमा गएका चिकित्सकसमेतले समेत ध्यान नदिने हाजीहरू बताउँछन्। बिरामी परेका अधिकांश हजयात्रीले भारतीय स्वास्थ्य क्याम्पबाट उपचार गराइरहेका खाँले बताए। केन्द्रीय हज समितिले यहाँबाट साउदीको होटलमा लगेपछि फर्केर नहेर्ने गरेको र समितिले बसमार्फत अरफात मैदान छाडेर आफूहरूलाई त्यहाँ अलपत्र अवस्था छाडेपछि सबै हाजयात्री पैदल आउनुपरेको गुनासो पोखे। उनले समितिले लाखौं रकम लिएर ठगी गरेको बताउँदै यसको छानबिन हुनुपर्ने माग गरे।

सिद्धार्थनगर–३ का नसुरुद्दिन खाँले पनि हजयात्राको क्रममा धेरै दुःख हुने गरेको बताए। उनले हजयात्रीको सहयोगका लागि टोलीमा रहने मोअल्लिमको अनुहारसमेत देख्न नपाइने र गएका चिकित्सकको साथमा औषधिसमेत नभएको बताए। उनले हजयात्रीको मृत्यु भएपछि मात्र समितिका पदाधिकारीहरूलाई जानकारी हुने नभए कुनै मतलव नहुने वास्तविकता बताए। उनले टोलीमा गएका एक वृद्धा २ दिनसम्म हराउँदा पनि समितिलाई त्यसबारे कुनै जानकारी नरहेको दुःखद खबरसमेत बताए। अन्य मुलुकले पूर्वसूचनाका साथ हज गराउने गरे पनि आफ्नो मुलुकले हचुवाका भरमा हज गराएको नसुरिद्दिन बताउँछन्।

गत वर्ष हजयात्रीहरूबाट प्रतिव्यक्ति एक लाख ८३ हजार रुपैयाँ संकलन गरिएको थियो। जसमा आउने जाने प्लेन टिकट, करिब ४० दिनको होटलको कोठाभाडा र ३ पटक बसमा आउने जाने सुविधा मात्र थियो। एउटा कोठामा करिब ७–८ जना यात्रीहरू रहेका थिए। नसुरिद्दिनले यात्रका लागि संकलित रकम भ्रष्टाचार हुने गरेको बताउँदै छानबिन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए। उनले हजयात्राकै क्रममा भएको भ्रष्टाचारको विषयमा समितिसँग प्रश्न राख्दा जवाफ नआएपछि ती पदाधिकारीलाई कुटपिट गरी शौचालयमा बन्द गरेको बताए। हरेक वर्ष यसैगरी समितिका पदाधिकारीमाथि कुटपिटजस्ता घटना भइरहने गरेका छन्।

आफूहरूले प्रत्येक शीर्षकमा भएका खर्चसम्बन्धी सम्पूर्ण विवरणको जानकारी पाउनुपर्ने माग गरे। नामको मात्र टेन्डर आह्वान गरेर बढी कमिसन दिने एअरवेजसँग सम्झौता गरेर करोडौंको भ्रष्टाचार र अनियमितता गर्ने गरेको केन्द्रीय हज समितिमाथि आरोप छ। कमिसनका लागि समितिले मक्कामा हज यात्रीका लागि राम्रो होटल तथा बासस्थान नमिलाएर मिलेमतोमा कमिसन खाएर दुःख दिने गरेको हज गरी फर्केका हाजीहरू बताउँछन्।

तर केन्द्रीय हज समितिका अध्यक्ष सोयब रजाले जनशक्ति अभावमा हज यात्रीहरूले साउदीमा दुःख पाउने गरेका बताए। समितिको १० जनाको टोलीले प्रत्येक हज यात्रीलाई हेर्न नसिकने भएकाले सहयोगका लागि मोअल्लिम (गाइड) को आस गर्न नहुने उनको भनाई छ। उनले हजयात्राका लागि संकलित रकममा अनियमितता नहुने गरेको दाबी गर्दै आफूहरूले खर्च विवरण सार्वजनिक गर्ने बताए। उनले हज यात्राको ९० प्रतिशत तयारी भइसकेको र ४ सय ७० जनाको भिसा आइसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.