घरभाडा र बहाल करमा मनपरी

घरभाडा र बहाल करमा मनपरी

 इटहरी : सुनसरीको इटहरीका व्यवसायी राम राईले तीनवटा कोठामा कम्प्युटर सेन्टर चलाउँदै आएका थिए। तीनवटा कोठाको भाडा उनले मासिक ८ हजार रुपैयाँ तिर्थे। तर, केही महिनाअघि घरभेटीले फोन गरी एउटै कोठाको भाडा ८ हजार तोकेपछि समस्यामा परेको उनले सुनाए।

‘तीनवटा कोठाको भाडा ८ हजार रुपैयाँ तिरिरहेका बेला एउटालाई नै ८ हजार भनेपछि हामीले तिर्न सकेनौं’, उनले भने, ‘त्यसपछि एउटा कोठामा खुम्चिनुप¥यो।’

अर्का व्यवसायीले कार्यालयका लागि निर्माणाधीन ठूलो घरको कोठा रोजे। तर, एउटा कोठा भाडा लिन ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने सर्त सुनेर उनी तर्सिए। ‘त्यत्रो पैसा धरौटी किन चाहियो ? ’, उनले भने, ‘घरधनीको कमाउ धन्दा छ अनि मनोमानी पनि।’ ५ लाख रुपैयाँ धरौटी जम्मा गरेर अरू १० लाख साजसज्जामा खर्च गर्दा लगानी दोब्बर बढ्ने उनको भनाइ छ।

इटहरीमा लामो समयदेखि घरभेटीको आतंक रहेको उनले सुनाए। चर्को भाडा लिने, मनोमानी बढाउने र आफन्तलाई कोठा दिन भाडावाललाई निकाल्नेसम्मका काम घरधनीले गर्ने गरेको जनाइएको छ।

नाफाभन्दा घरभाडा बढी भएपछि धेरै पसल छोटो समयमै बन्द हुने गरेका छन्। ‘आज होटल छ भने तीन महिनापछि जाँदा सुन पसल भइसक्छ’, स्थानीय युवा व्यवसायी दिवस पोख्रेलले भने, ‘ठाउँ वा पेसा छाड्नेहरू केही होलान् तर धेरैजसो भाडा तिर्नै गाह्रो भएर पलायन हुन्छन्।’

इटहरीको राजमार्गका केही घर अब सडक विस्तारसँगै भत्किँदै छन्। त्यो अवस्थामा भित्री सडकमा व्यापार सर्ने भएकाले त्यहाँका घरवाला दाउ हेरेर बसिरहेको जनाइएको छ। व्यवसायी भने कोठा पाइने हो कि होइन भन्ने चिन्तामा छन्।

घरधनीहरू बहालबाट पाएको आम्दानीको करसमेत तिर्दैनन्। बहाल कर व्यवसायीले नै तिरिदिने गरेका छन्। इटहरी चोक आसपास एउटा सटरको भाडा कम्तीमा २० हजार रुपैयाँ पर्छ तर कर भने ५ हजार रुपैयाँमा कोठा भाडा लागेको भनेर बुझाउने गरेको पाइएको छ।

‘घर बहालमा लगाएर टन्न कमाउने तर कर व्यवसायीलाई बोकाउने गरिएको छ’, स्थानीय युवा हरि पराजुलीले भने, ‘घरधनीलाई कर तिराउने एउटै उपाय छ, त्यो भनेको सम्पत्ति शुद्धीकरणमा लगाउने।’ उनका अनुसार घर बहालमा लगाएर महिनामै ५ लाख रुपैयाँ कमाउने व्यवसायीले कर भने मुस्किलले ५० हजारको मात्र तिर्ने गरेका छन्।

आन्तरिक राजस्व कार्यालयले पसल तथा व्यवसाय दर्ता र नवीकरण प्रयोजनमा घरबहाल सम्झौता र सोअनुसारको कर खोज्ने गर्छ। कार्यालयले खोजेपछि मात्र घरबहाल कर तिर्ने परिपाटी देखिएको छ। ‘घरधनीले तिर्नुपर्ने कर व्यवसायीले तिरिदिनुपर्छ’, एक व्यवसायीले भने, ‘नत्र व्यवसाय दर्ता र नवीकरण नै रोकिन्छ।’ त्यसैले व्यवसायीले कम कर तिर्नका लागि पनि कम भाडा तिरेको सहमतिपत्र बनाउने गरेका छन्।

घरधनीलाई नै अनिवार्य कर तिराउन सके इटहरी चोकमा महिनाको ३ लाख रुपैयाँ भाडा उठाउनेले महिनामा कम्तीमा २५ हजार कर तिर्ने र १ सय घरबाट २५ लाख संकलन हुने देखिन्छ। अहिले मुस्किलले अढाई लाख रुपैयाँ मात्र संकलन भइरहेको जनाइएको छ।

करको दर ८ प्रतिशत

अब घरबहाल कर स्थानीय सरकारले उठाउने भएको छ। अहिलेसम्म आन्तरिक राजस्व कार्यालयले घरबहाल कर १० प्रतिशत उठाउँदै आएको थियो। स्थानीय तहलाई भने २ प्रतिशत उठाउने अधिकार थियो तर उठाउन सकिरहेको थिएन। इटहरी उपमहानगरपालिकाले ८ प्रतिशत कर लिने निर्णय गरेको छ। ‘१२ प्रतिशत कर तिर्नुपर्दैन’, ४ प्रतिशत बिन्दुले कर घटाएको जानकारी दिँदै उपनगरपालिकाका लेखापाल बाबुराम आचार्यले भने, ‘अब एकमुष्ठ ८ प्रतिशत तिर्दा हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.