छैन बसपार्क

छैन बसपार्क

 म्याङलुङ : सवारी साधान चाप बढे पनि तेह्रथुममा व्यवस्थित बसपार्क बनेको छैन । जिल्ला सदरमुकाम म्याङलुङसहित बसन्तपुर, शुक्रबारे, जिरीखिम्ती, संक्रान्ति बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा समस्या हुन थालेको जनाइएको छ ।

व्यवस्थित बसपार्क नहुँदा जथाभावी पार्किङ गर्दा सवारी साधन साधन सञ्चालनमा समस्या हुनुका लागि फोहोरमैला बढेको छ । बर्सेनि सवारी साधन बढ्दै गएपछि म्याङलुङको बस बिसौनी साँघुरिँदै गएको छ । जिल्लाका ६ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ । तर, बसपार्कका लागि उचित स्थानमा जग्गा नहुनुका साथै यसमा कसैले पहल नगर्दा बस तथा सवारी साधन पार्किङमा समस्या रहेको शुक्रबारे बस काउन्टरका प्रमुख उदयदीप सम्बाहाम्फेले बताए ।

‘यात्रु र सवारी साधनको चाप बढेको छ तर बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन’, उनले भने । पहाडी क्षेत्रमा यातायात व्यवस्थापनका लागि बसपार्कको खाँचो रहेको उनको भनाइ छ ।

व्यवस्थापनमा ध्यान नदिइँदा बस बिसौनीमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । छथर शुुक्रबारे, बसन्तपुर, म्याङलुङ, मोराहाङ, औंसीडाँडा र संक्रान्ति बजारमा बसपार्क नहुँदा समस्या थपिँदै गएको आठराईका अमृत बाँस्तोलाले बताए ।

बस बिसौनी क्षेत्रभित्र पनि थोत्रा ट्र्याक्टर, मोटरसाइकलका साथै अन्य साधन अव्यवस्थित तवरले राखिँदा झनै समस्या भएको यातायात व्यवसायी डिल्ली रेग्मीको भनाइ छ । सदरमुकाम म्याङलुङ र सरकारले नमुना सहर बनाउने भनेको बसन्तपुर बजारमा पनि बसपार्क निर्माणका लागि पहल नगरिएको स्थानीयको भनाइ छ ।

बसपार्क अभावमा अव्यवस्थित रूपमा बस बिसौनीमा सबै सवारी साधन राख्नुको विकल्प नभएको म्याङलुङ ट्याक्सी काउन्टरका इन्चार्ज ओम लिम्बूले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.