प्यूठान नगरपालिकामा शतप्रतिशत भर्ना

प्यूठान नगरपालिकामा शतप्रतिशत भर्ना

प्यूठान : चालू शैक्षिक सत्रमा आधारभूत तहका सबै बालबालिका विद्यालय भर्ना भएपछि प्यूठान नगरपालिकालाई पूर्ण भर्ना नगर घोषणा गरिएको छ। आइतबार विजुवार पूण्यखोलामा विशेष समारोह गरी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले घोषणा गरेका हुन्। पाँचदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भइसकेको नगरपालिकाले जनाएको छ। 

घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले शैक्षिक क्षेत्रको विकासबिना मुलुकलाई समृद्ध बनाउन संभव नरहेको उद्घोष गरे। 'दक्ष जनशक्तिबाट नै समृद्धीको सपना पुरा हुने हो', उनले भने, 'सरकारले प्रदेशलाई शिक्षा क्षेत्रमा थुप्रै अधिकार दिएको छ।

उपलव्धी देखिने गरी काम गर्नेछौँ।' विकासको मुल ढोकाको रुपमा रहेको शैक्षिक विकासलाई आम नागरीकको सहज पहुँचसम्म पुग्ने खालको वातावरण राज्यले गर्नेमा उनले विश्वास दिलाए। 

'राजनीति, राजनीति गर्नकै लागि गरेजस्तो गर्नुहुन्न',पोख्रेलले भने,'अबको राजनीति समाज बदल्ने खालको हुनुपर्छ।' नागरीकको जीवनस्तर बदल्ने गरी यसवर्ष प्रदेश सरकारले नीति, कार्यक्रम तथा बजेट ल्याएको समेत उनले सुनाए। 

विद्यार्थीलाई भर्ना गराउने, विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने खालको वातावरण बनाउनतर्फ जोड दिनुपर्ने सरोकारवालाले जोड दिए। 

सामुदायिक र संस्थागत गरी नगरक्षेत्रमा रहेका ६४ वटा विद्यालय र ६९ वटा बालविकास केन्द्रमा आधारभूत तहका बालबालिका भर्ना भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराएका छन्। 

एकदेखि आठ कक्षासम्म नौ हजार सात सय ११ जना बालबालिका विद्यालय भर्ना भएको तथ्यांक छ। आधारभूत तहमा नगरपालिकाको औषत सिकाइ उपलब्धी ६० प्रतिशत रहेको छ। जिल्लाभर अझैपनि आठ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरोकारवाला निकायले जनाएका छन्।

प्यूठान नगरपालिका आधारभूत तहका बालबालिका विद्यालय भर्ना घोषणा गर्नेमा मुलुककै तेस्रो स्थानीय तहअन्तर्गत परेको शिक्षा विभागका उपसचिव नरहरी अर्यालले जानकारी दिए। उनका अनुसार यसअघि बर्दियाको बारवर्दिया नगरपालिका र सप्तरीको सुरुंगा नगरपालिका घोषणा भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.