झापामा स्कुल बस र माइक्रो ठोक्‍किँदा पाँच विद्यार्थी घाइते

झापामा स्कुल बस र माइक्रो ठोक्‍किँदा पाँच विद्यार्थी घाइते

दमक : झापाको कमल गाउँपालिका-५ स्थित पाडाजुंगीमा सोमबार बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन्। इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई बिहान स्थानीय पाडाजुंगी-गौरीगञ्ज सडकखण्डमा ठक्कर दिएको थियो। 

यसरी घाइते हुनेमा दमक-१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्षीय आशिष सुनाम, दमक-६ का सात वर्षीय शिशिर धमला, दमक-८ का १० वर्षीय युजन सापकोटा र दमक-९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले जानकारी दिए।

घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। दुर्घटनामा सलग्न दुबै सवारी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.