भन्टाबारी नाकाबाट तस्करी

भन्टाबारी नाकाबाट तस्करी

धरान : सुनसरीको भन्टाबारी नाकाबाट कपडालगायत दैनिक उपभोग्य वस्तु तस्करी हुने गरेको पाइएको छ। भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट दैनिक लाखौं राजस्व छलेर विभिन्न सामान नेपाल भित्र्याउने गरेको जनाइएको छ।

मोरङको जोगबनी नाकामा कडाइ हुन थालेपछि तस्करले भन्टाबारी नाका प्रयोग गर्न थालेका हुन्। हररिया र वीरपुर जिल्ला हुँदै मोटरबाटो कालोपत्रे भएका कारण पनि तस्करले भन्टाबारी नाका प्रयोग गरी अवैध ढंगले सामान नेपाल भित्र्याउने गरेको पाइएको प्रहरीले जनाएको छ।

भन्टाबारी नाकामा सेतुबन्ध भन्सार कार्यालय र सशस्त्रको बोर्डर आउटपोस्टबाट चौबिसै घण्टा प्रहरी परिचालन हुने गरेका छन्। तर, तस्करले भन्सार कर्मचारी र सशस्त्रकै मिलेमतोमा भन्सार छली करोडौंका सामान भित्र्याउने गरेको स्थानीय दीगम्बर यादवले बताए। ‘नाकामा प्रहरीले कडाइ नगरेका कारण तस्करीले प्र श्रय पाएको हो’, उनले भने।

तस्करीकै विषयमा चार वर्षअघि भारतीय सुरक्षा बल एसएसबीका जवानले भन्टाबारीमा अन्धाधुन्द गोली चलाउँदा चार नेपाली घाइते भएका थिए। तस्करीकै कारण शान्तिसँग बस्न नपाएको स्थानीयको गुनासो छ। तस्करले भन्टाबारी, घुस्की, बसन्तपुर, कप्तानगन्ज, देवानगन्ज र अमडुवा नाका हुँदै कपडालगायत दैनिक उपभोग्य वस्तुको तस्करी गर्ने गरेको जनाइएको छ। भन्टाबारी नाकाबाट काठमाडौं, वीरगन्जलगायत स्थानका पसलको भ्याट बिल प्रयोग गरी तस्करले भारतको वीरपुर हुँदै तस्करीको सामान भिœयाउने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले बताए। तस्करीको सामान बरामद गर्दा तस्करले काठमाडौं र वीरगन्जका पसलको बिल देखाउने गरेको उनले सुनाए।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा भन्टाबारी नाकाबाट प्रहरीले बरामद गरेको ४ करोडभन्दा बढी मूल्यको सामान राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको छ। साउनको मध्यसम्म मात्र भन्टाबारी नाकाबाट भित्र्याउँदै गरेको तस्करीका सामान ५० लाखभन्दा बढी मूल्यको बरामद गरिएको उनले बताए।

तस्करसँग मिलेर भारतीय सामान भिœयाउन सहयोग गरेको अभियोगमा चार सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। भन्टाबारी बोर्डर आउटपोस्टका सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट र गोकर्णराज भट्टराई, सशस्त्र प्रहरी नायब निरीक्षक शिव राउत र घुस्की पोस्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीलाई कारबाहीस्वरूप सीमा सुरक्षा कार्यालयमा फिर्ता बोलाइएको हो। चारै जनालाई पोस्टको इन्चार्जबाट हटाएर विभागीय कारबाही सुरु गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश श्रेष्ठले जानकारी दिए।

कपडा तस्करीमा संलग्न दुई जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट कपडा तस्करी गर्न लागेको अवस्थामा झापा भद्रपुरका विकास विश्वकर्मा र युवराम मियाँलाई पक्राउ गरिएको डीएसपी चिमोरियाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.