राजनीति र रिसिबीले बन्द हुँदै विद्यालय : विद्यार्थी पढ्ने कक्षामा गाईगोठ

राजनीति र रिसिबीले बन्द हुँदै विद्यालय : विद्यार्थी पढ्ने कक्षामा गाईगोठ

बझाङ : विद्यालयमा साइनबोर्ड पनि छैन, तीन कक्षासम्म पढाई हुने विद्यालयमा ६ जना मात्रै विद्यार्थी छन्। भएका दुईजना शिक्षक पनि कहिले आउँछन् कहिले आउँदैनन्।

अझ शिशु कक्षा सञ्चालन गरेको कोठामा त गाईगोरुको बास छ। कक्षामा जताततै गोबरै गोबर छ। बझाङको दुर्गाथली गाउँपालिका–४ अन्जाडामा रहेको सुर्मा प्राविको अवस्था हो यो। 

तीन कक्षासम्मका बालबालिकाको अध्ययनका लागि २०६३ सालमा विद्यालयको स्थापना भएको हो। अन्जाडा गाउँका ४० घर परिवारका बालबालिकाका लागि विद्यालय स्थापना गरिए पनि अहिले त्यहाँका ६० जनाभन्दा बढी बालबालिका अन्तै भर्ना भएका छन्।

 
‘विद्यालय स्थापना भएको चार/पाँच वर्षसम्म ठिकसँग चलेको थियो, ६० जना विद्यार्थी जति भर्ना पनि भएका थिए तर अहिले त्यहाँबाट सबै अभिभावकले छोराछोरी छुटाएर अन्तै भर्ना गरे। अहिले ६ जना मात्रै विद्यार्थी छन्’, विद्यालयका अध्यक्ष विष्णु भण्डारीले भने।

विद्यालय सञ्चालनमा व्यवस्थापन पक्ष र शिक्षकहरूको लापरबाही रहेको उनी आफैं स्वीकार गर्छन्। ‘हामीहरूको पनि कमजोरी रह्यो, शिक्षकहरूले राम्ररी पढाएनन्, त्यसैले त भएका विद्यार्थी पनि अन्तै भर्ना भए’, उनले थपे।
 
शिशु कक्षादेखि ३ कक्षासम्म पढाई हुने विद्यालयमा चालु शैक्षिक सत्रमा ६ जनामात्र विद्यार्थी भर्ना भएका छन्। विद्यालयको अवस्था बिगँ्रदै गएपछि यहाँका स–साना बालबालिका आधा घण्टा हिँडेर मौलालीको विद्यालयमा जान थालेका अध्यक्ष भण्डारीले बताए।

विद्यालयको तीन कोठे भवनमा एउटा कोठा कार्यालय प्रयोजनका लागि प्रयोग भएको छ भने बाँकी दुई कोठामध्ये एकमा सबै कक्षाका विद्यार्थी राखेर पढाइन्छ। अर्को कोठामा गाई गोरु बाँध्ने गरिएको छ। स्थानीय अभिभावक पदम भण्डारीका अनुसार, यहाँको विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको गैरजिम्मेवारी र लापर्बाहीका कारण विद्यालयको अवस्था यस्तो भएको हो।

‘४० परिवार रहेको हाम्रो गाउँमा ५०÷६० जना बालबालिका छन् तर यो विद्यालयको हालत खराब भएपछि सबैले छोराछोरी बाहिर भर्ना गर्नुपर्ने अवस्था आयो’, भण्डारीले भने। उनले विद्यालयमा राजनीति पसेपछि यस्तो भएको बताए।

‘गाउँको आन्तरिक रिसिवी, तेरो पार्टीको शिक्षक, अर्को पार्टीको अध्यक्ष यस्तो मनमुटावले गर्दा विद्यालयको यस्तो हालत भयो’ अभिभावक भण्डारीले भने। विद्यालयमा एकजना कार्यालय सहयोगी, एकजना निजी स्रोतका शिक्षक र बालशिक्षाको कोटामा एकजना शिक्षिका कार्यरत छन्।


शिक्षिका संगिताकुमारी जोशी पनि स्थानीय अभिभावककै लापरबाहीका कारण विद्यालय नाजुक अवस्थामा पुगेको बताउँछिन्। ‘सरकारले गाउँमै विद्यालय स्थापना गरिदिएको छ, यसको सबैले संरक्षण गर्नुपथ्र्यो तर कसैको ध्यान गएन’, उनले भनिन्।


दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशी भने अब यस्ता विद्यालय गाभ्ने बाहेकको विकल्प नरहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.