सेप्टिक ट्यांक बनाउँदा पनि घुस, १० हजारसहित समातिए इन्जिनियर
गुलरिया: दश हजार रुपैयाँ घुस लिएको आरोपमा यहाँ एकजना एकजना इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले गुलरिया नगरपालिका कार्यालयमा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर रमेशकुमार गौतमलाई पक्राउ गरेको हो ।
बबई बहुमुखी क्याम्पस गुलरियाको शौचालयको सेप्टिक ट्यांङ्की निर्माण पुरा भएपछि प्रतिवेदन बापत १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको टोलीले गौतमलाई पक्राउ गरेको हो ।