नगरपालिकाको भ्रष्टाचार र कर वृद्धिबिरुद्ध निस्कियो जुलुस

नगरपालिकाको भ्रष्टाचार र कर वृद्धिबिरुद्ध निस्कियो जुलुस

लहान : सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४/०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न नेकपा बाहेकका सबै राजनीतिक दलले माग गरेका छन् । 

संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नयाँ शक्ति र विवेकशील साझा लगायतका पार्टीले हरहिसाब सार्वजनिकसहित १३ माग २४ घण्टाभित्र पुरा गर्न मेयर देवनाथ साहलाई ज्ञापन पत्र बुझाएका थिए । 

तर माग पुरा नभएपछि ती दलहरुले चरणवद्ध आन्दोलन सुरु गरे । साउन १४ र १५ गते नगरपालिकामा सयौं नेता कार्यकर्ता धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन्  । जुलुसमा जनसागर सडकमा आएको हो । स्थानीय सरकार मुर्दावाद नारा लगाइरहेकी गोलबजारकी शान्ति सदायले नगरपालिकाले कर बढाएपछि आन्दोलनमा सहभागी जनाएको बताइन् । 

'सेवा केही दिएन नगरपालिकाले, सामान्य वर्षा हुँदा सडक हिलाम्मे बन्छ, पानीको सुविधा छैन', उनले भनिन्, 'कल माग्दा पनि दिएन। अनि हामीले किन तिर्ने ? तिर्दिन ।' जुलुसमा सहभागी उनी जस्ता अन्य सयौं महिलाले 'मनोमानी ढंगले बढाएको कर फिर्ता लेऊ' नारा लगाएका थिए । 

जुलुस गोलबजारको बिभिन्न भागमा परिक्रमापछि नगरपालिका कार्यालय पुगेर कोणसभामा परिणत भयो । सभामा बोल्दै विवेकशील-साझाका प्रतिनिधि धनपति महतोले नगरपालिकाले खर्च विवरण सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

उनले यहाँका जनप्रतिनिधि आफुलाई राजा ठानेको आरोप लगाए । उनले आफ्ना नजिकका ब्यक्तिलाई गोप्य तरिकाले उपभोक्ता बनाएर ब्यापक अनियमिमता गरेको समेत आरोप लगाए। 

फोरम युवा नेता सुधिर साहले विकास निर्माणको काममा मेयर र अधिकृत ब्रह्मलूट मच्चाएकोले खर्च विवरण सार्वजनिक गर्न नमानेको बताउँछन् । 'बनाएको पुल महिना दिनमै भत्कियो । नाला निर्माण पुरा नहुँदै भत्कियो', उनले भने, 'सबै ठाउँमा यस्तै कमसल काम भयो ।' उनले कमसल काम गराउनेमाथि कारवाही गर्नुको साटो पुरा रकम भुक्तानी दिकाले छानबिनको माग गरे ।

नेपालकै सबभन्दा ठूलो मारुती सिमेन्ट उद्योग गोलबजार नगरपालिकामै पर्छ । नगरपालिकाले उक्त उद्योगले उत्पादन गर्ने प्रतिबोरा १ मात्र कर उठाउने निर्णय गरेको छ। उक्त निर्णयको पनि राजनीतिक दलले विरोध गरेका छन् । कर बढाएर कम्तिमा प्रतिबोरा २ रुपैयाँ पुर्‍याउन र जनतासँग लिने कर घटाउननुपर्ने स्थानीय नेता साहको भनाइ छ। 

विरोध जुलुसका कारण मंगलबार दिनभर कार्यालयको कामकाज प्रभावित बन्यो ।जुलुसमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.