मुख्य बजारमा टिपर निर्वाध

मुख्य बजारमा टिपर निर्वाध

प्यूठान : टिपर हिँड्ने वैकल्पिक सडक बिग्रिएपछि प्युठान नगरपालिका क्षेत्रका बजारबासी हैरानी खेप्न बाध्य छन् । तीव्र गतिमा गुड्ने टिपर र धुलोले सर्वसाधरणलाई समस्या पार्ने गरेको छ ।

बजारबाट टिपर नचलाउने गरी प्युठान नगरपालिकास्थित दाखाक्वाडीको बेलुवाबगरदेखि दम्तीसम्म झिमरुक नदी क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिएको छ । तर, त्यसले दिगो समाधान दिन सकेन । तीन महिनामै नदी क्षेत्रमा सडक बिग्रिएपछि आजभोलि बजार क्षेत्रबाट टिपर गुड्ने गरेका छन् ।

दाखाक्वाडी, जुम्रिबजार, विजुवार, पूण्यखोला, बाग्दुला सडक क्षेत्रका स्थानीयलाई दैनिक कामकाज गर्न धेरै सकस पर्ने गरेको छ । ‘बजारबाट दिनहुँ टिपर गुड्दा धुलोले बस्नै नसक्ने हुन्छ’, बाग्दुला बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापाले भने, ‘ट्राफिक जाम पनि उत्तिकै छ ।’ वैकल्पिक सडकलाई निरन्तर सञ्चालन गर्नेगरी समाधान खोज्न उनले सम्बन्धित निकायलाई आग्रह गरे । दैनिक ४०÷५० वटा टिपर ओहोरदोहोर गर्ने गरेका कारण बिजुवार र बाग्दुला बजार क्षेत्रमा दिउँसोको समयमा धेरै ट्राफिक जाम हुने गरेको छ । बाग्दुलादेखि चुनढुंगास्थल फोप्लीसम्मको बाटो फराकिलो भए पनि मुख्य बजार क्षेत्रको सडक साँघुरो छ ।

आर्थिक वर्ष ०७३/७४ मा सडक डिभिजन कार्यालय प्युठानले दाखाक्वाडीदेखि वैकिल्पक सडकको ट्र्याक खोलेको थियो । ‘क्वाडीदेखि दम्तीसम १० किलोमिटर दूरी छ’, डिभिजन प्रमुख सुरेश न्यौपानेले भने, ‘विस्तृत परियोजना प्रतिवेदन तयार गरेर सडक निर्माण भएको छ ।’ क्रमागत रूपमा सडक निर्माणका लागि बजेट नआएको उनले जानकारी दिए । १६ लाख रुपैयाँमा ट्र्याक खोलेको समेत उनले बताए ।

शुभ श्री अग्नि सिमेन्ट उद्योगले आफ्नै लगानीमा वैकल्पिक सडक निर्माण गरेको हो । करिब ६५ लाख रुपैयाँ लगानीमा बाटो निर्माण गरेको उद्योगका प्रबन्धक शिव अर्यालले जानकारी दिए । ‘वैकल्पिक सडक पनि राज्यले बनाउनुपर्ने हो’, उनले भने, ‘कात्तिकदेखि नियमित सञ्चालन हुने गरी बाटो बनाउछौँ ।’ बर्खा लागेसँगै खोलाले बाटो बिगारेको उनले सुनाए । झिमरुक नदीको दाखाक्वाडी झोलुंगेपुल र पाण्डेडाँडा क्षेत्रमा खोलाले बाटो बिगारेपछि टिपर गुड्न छाडेका छन् ।

बाटो बिग्रिएपछि बाध्यताले बजार क्षेत्रबाट टिपर हिँडिरहेको प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । ‘रातको समय र बिहान १० देखि ११ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएका छौँ’, उनले भने, ‘कार्यान्वयन भएको छैन ।’ झिमरुक नदी क्षेत्रबाट निरन्तर टिपर सञ्चालन हुनेगरी तटबन्ध निर्माण गरिने उनले बताए । चालु आवमा झिमरुक नदी तटबन्धमा विनियोजित ७५ लाख रुपैयाँ बजेटबाट टिपर गुड्न सडक क्षेत्रमा तटबन्धको काम गरिने उनको योजना छ । टिपर व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा बजार क्षेत्रका नगरबासीले आक्रोस पोखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.