प्रदेशको बजेट कार्यान्वयन अलपत्र

प्रदेशको बजेट कार्यान्वयन अलपत्र

बुटवल : नयाँ अर्थिक वर्षको बजेट कार्यान्वयनमा जाने समयसम्म पनि कार्यान्वयन युनिट नबनेपछि प्रदेश सरकारको बजेट अलपत्र परेको छ । कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयन युनिट नबन्दा प्रदेशको बजेट कार्यान्वयनको प्रक्रिया नै सुरु हुन सकेको छैन । सरकार गठन भएको छ महिनासम्म पनि प्रदेशमा मन्त्रालयबाहेक अन्य संरचना तयार भएका छैनन् । नयाँ आर्थिक वर्षसँगै राजस्व संकलन गर्ने यातायात कार्यालय मात्रै प्रदेशमातहत रहेको छ । सात मन्त्रालयका थप युनिट अहिलेसम्म बनेका छैनन् । ‘बजेट कार्यान्वयनका लागि टेन्डरमा जाने समय भइसक्यो, कार्यान्वयन युनिट छैन’, प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भने ।

प्रदेश ५ सरकारले संघीय सरकारलाई कर्मचारी व्यवस्थापन र कार्यान्वयन युनिटको विषयमा छिटो निर्णय लिन आग्रह गरेको छ । गएको वर्षको बजेट युनिटहरू नहुँदा खर्च नै हुन सकेन । यो वर्षको बजेटसमेत कार्यान्वयनमा चुनौती थपिएपछि सरकारले संघलाई बारम्बार आग्रह गरेको छ ।

संघीय सरकारले कर्मचारी व्यवस्थापनमा ढिलाइ गरेपछि चेतावनीसहित प्रदेशले प्रादेशिक लोक सेवा आयोगको विधेयक संसद्मा दर्ता गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले विलम्ब गरे प्रदेश आफैंले कर्मचारीको व्यवस्थापन थाल्ने चेतावनी दिँदै आएका छन् । प्रदेशले चेतावनी र आग्रह गरे पनि संघबाट निर्णय लिन ढिलाइ भइरहेको छ । प्रदेश ५ सरकारले चालु आवका लागि २८ करोड १० लाखको बजेट विनियोजन गरेको छ । सो बजेट कार्यान्वयनका लागि मातहतको युनिट तत्काल आवश्यक छ । यसैबीच संघीय सरकारका तर्फबाट गुनासो संकलनका लागि आएको टोलीलाई प्रदेश सरकारका मन्त्रीहरूले कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयन युनिट व्यवस्थापनको काम गर्न आग्रह गरेको छ । संघीय मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीसहित विभिन्न मन्त्रालय र योजना आयोगको टोली प्रदेशको अवस्था बुझ्न बुटवल आएको थियो । सो टोलीले मन्त्री र सचिवहरूबीच छुट्टाछुट्टै छलफल गरेको थियो । प्रदेशको मन्त्रालय स्थापनाका लागि सडक विभाग परिसरको जग्गा र भवन प्रदेश सरकारलाई दिने निर्णय तत्काल गर्न आग्रह गरेको मन्त्री चौधरीले बताए ।

मुख्यमन्त्रीको असन्तुष्टि

संघीय सरकारसँग मात्रै नभई मुख्यमन्त्री पोखरेल प्रदेश मन्त्रालयकै कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । झण्डै एक साता चलेको मन्त्रालयको योजना र समीक्षा बैठकपछि मुख्यमन्त्री पोखरेलले २२ बुँदे निर्देशनसमेत जारी गरेका छन् । उनले मन्त्रालयलको बजेट कार्यान्वयनसम्बन्धी योजना स्पष्ट नभएको भन्दै नतिजा देखिने काम गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयसहित छ वटै मन्त्रालयको योजनामा उनको असन्तुष्टि छ । नीति कार्यक्रम कार्यान्वयन गर्दा बजेट खर्चको लक्ष्य हासिल हुनेतिर मात्रैभन्दा परिणाम देखिने वा जनताले अनुभूत गर्नेगरी नतिजा हासिल गर्नेतर्फ ध्यान दिन मुख्यमन्त्रीले निर्देशन दिएका छन् । ‘गएको वर्षजस्तो समस्या देखाउने र बजेट कार्यान्वयन नगर्ने छुट हुन सक्दैन । त्यसैले कार्यक्रम तथा आयोजना लक्ष्य गरिएबमोजिम शतप्रतिशत नै कार्यान्वयन हुनेगरी योजना बनाई कार्यान्वयनमा सक्रिय रहन सबै मन्त्री कर्मचारीको ध्यान जानु जरुरी छ’, मुख्यमन्त्रीले निर्देशनमा भनेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशमातहत आइसकेका कार्यालयबाट जतिसकिन्छ कामहरू गर्दै जान मन्त्रीहरूलाई निर्देशन दिएका छन । उनले मन्त्रालयलाई स्पष्ट योजना बनाएर जनताले अनुभूत गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।

आगामी वर्षको एसईई परीक्षाको पूर्वतयारीका लागि सामाजिक विकास मन्त्रालयलाई आग्रह गरेका छन् । सबै मन्त्रालयलाई लिखित निर्देशन दिएका मुख्यमन्त्रीले योजनामा दोहोरोपना, आर्थिक मसान्तको अन्त्यतिर काम गर्ने परिपाटी अन्त्य गर्नसमेत निर्देशन दिएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.