विद्यालय नै पर्यटकीय स्थल

विद्यालय नै पर्यटकीय स्थल

तौलिहवा : सफा खेल मैदान, हरियाली र फूलका बगैंचा। लोभलाग्दा कक्षाकोठा। यी दृश्य कपिलवस्तु वाणगंगास्थित बैजलपुरको पञ्च आधारभूत विद्यालयका हुन्। सरसफाइ र शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना विद्यालय हो यो। जुन शैक्षिक पर्यटनको गन्तव्य नै भएको छ। २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमुना छ। विद्यालयले ०६३ सालमा राष्ट्रिय सफाइ पुरस्कार पाएको थियो। विद्यालयका प्रधानाध्यापक जगत रेग्मी भन्छन्, ‘विद्यालय सफा राख्न हामीले धेरै मेहनत गरेर एउटा पद्धति बनाएका छौं। हामीले त्यसलाई अनुशरण गर्दै अघि बढेका छौं।’

विद्यालयको सफाइले शैक्षिक गुणस्तरसँग प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई प्राथमिकतामा राखेर काम गरिएको विद्यालयले जनाएको छ। विद्यालयले बनाएको नियममा विद्यार्थी, शिक्षक र अभिभावकसमेत बाँधिएका छन्। फोहोर व्यवस्थापनका लागि विद्यालयमा सफाइ क्लब बनाइएको छ। आफूले प्रयोग गरेका सामग्रीबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि ठाउँठाउँमा डोको राखिएको छ। ‘सबै विद्यार्थी फोहोर डोकोमै फ्याँक्छन, भुइँमै भेटिए पनि व्यवस्थापन गर्छन्’, शिक्षिक सुजता रेग्मीले बताइन्। विद्यालय प्रांगणभित्र डोकोमा जलाउने फोहोर, प्लास्टिक फोहोर, कवाड फोहोर र कम्पोस्ट फोहोर छन्।

किताबका पाना, कागजका टुक्रालगायत फोहोर जलाउने गरिएको छ। प्लास्टिकलाई नजलाई खाल्डोमा पुरिन्छ। कबाड सामान बिक्री हुन्छ। सामान बचेको पैसा बाल क्लबले संकलन गर्छ। विद्यलायमा दान बाकस राखिएको छ। यो पैसा पनि बाल क्लबले नै संकलन गर्छ। दान बाकसबाट झण्डै ५० हजार रुपैयाँ बचत भएको छ। प्रत्येक ३ महिनामा निकालिने ब्याजले सफाइ सामान किन्ने गरिएको छ। विद्यालय क्षेत्रमा रहेका रूखबाट झरेका पात संकलन गरेर कम्पोस्ट मल बनाउने गरिएको छ। प्रोटिन र भिटामिन प्राप्त हुने फलफूलबारे विद्यार्थीलाई जानकारी दिन विद्यालय क्षेत्रमा लगाइएका फलफूलका बोटमा यही कम्पोस्ट मल प्रयोग गर्ने गरिएको छ। विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। कक्षा २ देखि ६ सम्मका सबै बालबालिका ल्याप्टप र कम्युटरको पहुँचमा छन्।

कक्षा ४ देखि ८ सम्म कम्प्युटरमार्फत पढाइन्छ। प्रत्येक विद्यार्थीकोे निरन्तर मुल्यांकन प्रणाली, गरिब जेहेन्दार विद्यार्थीलाई विद्यालयकै लगानीमा कापीको व्यवस्था विद्यालयले गरेको छ। साझा शिक्षा ई पाटी र शिक्षा विभागले प्रत्येक विद्यार्थीलाई कम्प्युटर र ल्यापटप सहयोग गरेको छ। विद्यार्थीको प्रतिभा पहिचानका लागि हरेक शुक्रबार अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको छ। त्यसको लागि विद्यालयमा सभा हल बनाइएको छ। शिक्षकको नियमितताका लागि शिक्षक आचारसंहिता निर्माण गरिएको छ।

विद्यालयमा अपांगतामैत्री शौचालय, छात्रा र छात्रमैत्री शौचालयको निर्माण गरिएको छ। महिनावारी हुँदा समस्या नहोस् भनेर छात्रा स्नान घरको व्यवस्था गरिएको छ। वाणगंगा नगरपालिका १ र २ यस विद्यालयको सेवा क्षेत्र हो। सेवा क्षेत्रका सबै बालबालिका विद्यालयमा समेटिएको व्यवस्थापन समितिले जनाएको छ। प्रध्यानाध्यापक रेग्मी विद्यालय विकासका लागि दूरदृष्टि जरुरी रहेको बताउँछन्। ‘राजनीतिक आस्थाबाट विद्यालयलाई हामीले धेरै पर राखेका छौं’, उनले भने, ‘राजनीति बोकेर विद्यालय छिरेर विद्यालय बन्दैन। ‘सबै शिक्षकले आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन्। बर्सेनि विद्यार्थीको चाप बढ्दो छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.