मानव-हात्ती द्वन्द्व अन्त्य हुने

मानव-हात्ती द्वन्द्व अन्त्य हुने

भद्रपुर : तीन दशकदेखिको मानव-हात्ती द्वन्द्व अब झापामा बिस्तारै अन्त्य हुने भएको छ। हालसम्म झापामा हात्तीबाट हुने क्षति रोकथामका लागि सौर्य घेराबार, सुरुङ निर्माण गर्ने लगायतका काम भएका छन्।

बाहुनडाँगीमा सौर्य घेराबार लगाएपछि हात्ती झापाको दक्षिण भेगतिर सरेका छन्। खेतीको सिजन होस् या अरु बेलै जंगली हात्तीबाट झापाको कचनकवल, हल्दिबारी, बाह्रदशी र भद्रपुरका स्थानीयवासी प्रत्यक्ष पीडित हुँदै आएका छन्।

हात्ती आतंकबाट छुटकारा दिलाउन सरकारले नेपाल प्राकृतिक संरक्षण कोष मार्पmत झापाको दक्षिणी भेग कचनकवलदेखि उत्तरी भेग बाहुनडाँगीसम्म १५२ किलोमिटर हात्ती हिंड्ने बाटो (कोरिडोर) निर्माण गर्न लागेको जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुबेदीले बताए।

यसका लागि यो वर्ष ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। हालसम्म कोरिडर निर्माणका लागि आधा सर्वेक्षण कार्य पूरा भएको छ भने आगामी वर्षमा बाँकी सर्वेक्षण पूरा गर्ने लक्ष्य रहेको उनले बताए। आगामी पाँच वर्षभित्र यो कोरिडर पूरा गर्ने लक्ष्य छ।

सुवेदीले झापाको दक्षिण भेगमा घना जंगल भएकोले र उनीहरु निस्फिक्रि सँग हिडडुल गर्न पाउने भएकोले घेराबारी, जलथल र चन्द्रगढीमा रहेका जंगल छेउछाउका बस्तिमा निरन्तर आवत जावत गर्ने गरेका छन्। हात्ती कोरिडोर मानव र हात्तीको दुबैलाई बचाउन सकिने एक मात्र उपायहो। यसबाट प्रत्यक्ष रुपमा स्थानिय सरकारहरुले पर्यटकिय प्रवद्र्धन गरेर पनि आफ्नो ठाउँको विकासमा टेवा पुर्याउन सकिने सुवेदिले अन्नपूर्ण सँग भने।

कोरिडोर निर्माणकै लागि सरकारले झापाको कचनकवल, बाह्रदशी, भद्रपुर, हल्दीवारी, अर्जुनधारा, विर्तामोड, झापागाउँपालिका, बुद्धशान्ति र मेचीनगर लगायतका स्थानिय निकाय आसपासका जंगललाई समेट्ने गरि हात्ती कोरिडोरको सर्भे पुरा भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बताए। उनका अनुसार यस आर्थिक बर्षमा दक्षिण झापाको जलथल जंगलमा ६ हजार ५ सय हेक्टर क्षेत्रफलमा सौर्य तारबार लगाईने छ। तारबार लगाएपश्चात हात्ती र बस्ती दुवै सुरक्षित हुन सक्छन्।

हात्ती कोरिडोर बनेपछि हात्तीले जनधनको क्षति गर्ने लगायत हात्तीलाई पनि मान्छेले अप्रत्यक्ष रुपमा गरेका क्षतिहरु गुलेलि हान्ने, आँखा फुटाल्ने, आगो लगाएर पुच्छर जलाईदिने र धराप पारेर मार्ने समेतका घटनाहरुको अन्त्य हुने गजुरेल बताउँछन्।

गतआर्थिक वर्ष २०७४÷७५ मै ल्याईएको हात्ती कोरिडोर परियोजना सर्भे सम्म पनि समयमा हुन नसकेकाले सरकारले निकासा गरेको २ करोड रुपैँया फ्रिज भएर गएको जिल्ला वन कार्यालय प्रमुख बोधराज सुवेदिले बताए। यस बर्ष आर्थिक बर्ष २०७५÷७६ मा पनि सरकारले हात्ती कोरिडर निर्माणका लागि ६ करोड रुपैँयाको बजेट विनियोजन गरेको छ।

पटक पटक बजेट बिनियोजन हुने तर काम नहुने परिपाटीले गर्दा जनता प्रत्यक्ष मारमा पर्ने गरेको कचनकवल गाउँपालिका प्रमुख अञ्जार आलमले बताए। उनकाअनुसार सर्भे मात्र भयो भनेर काम शुरु भईन्जेल आशावादि हुन सकिदैन। सरकारले प्रकृतिक संरक्षण कोष सँगै हात्ती कोरिडोर आसपासका स्थानिय निकायहरुलाई पनि जिम्मा दिएको भएकामा छिटो समयमा सम्पन्न हुने थियो।

जिल्ला वन कार्यालय झापाको तथ्यांकअनुसार जंगली हात्तीको आक्रमणबाट ३५ जना मान्छेको मृत्यु र हाल सम्म ९ वटा जंगलीहात्तीको मृत्यु भईसकेको छ।

यसैगरि जंगली हात्ती बाट बस्ति जोगाउन र जंगली हात्ती बाटै लाभ पनि उठाउने अभियानमा झापाको हल्दीबारी गाउँपालिकाले स्थानिय बजेटमार्फत जंगल वरपरको भागमा चक्रपथ निर्माण कार्य शुरु गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जले जस्तो गरी हल्दीबारीमा अवस्थित जलथल जंगलमा हात्तीलगायत बन्यजन्तुका लागि उनिहररुले खाने आहार सहित उनिहरु जंगलभित्रै बस्न सक्ने किसिमको वातावरण तयार गरेर पर्यटकिय आकर्षणको क्षेत्र बनाउन लागि परेको हल्दिबारी गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.